
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर रातउको पैसाकाे बैणडल फालेर फरार भएका पुत्ला दहन भएको छ ।
निर्माण व्यवसायीसँग लिएको ८ लाख रुपैँया फालेर फरार भएका राउतलाई अबिलम्ब पक्राउ गरि कार्वाहीको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले गाउँपालिकाको कार्यालय अगाडी उनको पुत्ला जलाएको हो ।
भ्रष्टाचारी अध्यक्षलाई पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीलाई दबाब दिन भन्दै उनको पुत्ला जलाइएको जसपा नेता अजय कुमार राउतले बताए ।
अध्यक्ष राउत विरुद्ध नारावाजी गर्दै जसपाले आइतवार दिउँसो उनको पुत्ला जलाएकाे छ ।
उनलाई अबिलम्ब पक्राउ र निलम्बन नगरिए थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने उनले बताए ।