मौसम झा महोत्तरी
नेपाली काग्रेस मधेश प्रदेश सदस्य तथा अनुशासन समिति संयोजक सुरेश प्रसाद यादव महोतरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदमा चुनाव लड्ने घोषणा गरेका छन ।
विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय यादव मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि मधेश आन्दोलनमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका नेता यादव आन्दोलनको क्रममा पटक पटक मधेशी र पहाडी मोर्चाको नेतृत्व सम्हालेर सामाजिक विकास समेत छुट्टै पहिचान बनाउन सफल छन ।
विद्यार्थी कालदेखि नै राजनीति गरेका नेता यादव २०४६ साल देखि ने वि संघ तरुण दल तरुण विभागमा बसी पार्टीको काम गरी रहेको सालदेखि नै मधेशी र पहाडी सहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा सक्रिय ?पमा भूमिका निर्वाह गरेका हुन । पार्टीको आग्रह र आम जनताको सुझावमा यस पटक आउंदो निर्वाचनमा प्रदेश सभामा चुनाव लड्ने तयारीमा जुटेका हुन ।
तत्कालीन मधेश प्रदेशका अनुशासन समिति संयोजक नेता यादव नेपाली काग्रेस मधेश प्रदेश सदस्यको जिम्मेवारी सम्भालिसकेका यादव हाल अनुशासन समिति संयोजक हुन ।
नेता यादब नेपालमा पहिलो यादव समाजबाट क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका थिए। विभिन्न रूपले एकल महिला जेश्ठ नागरिक गरीब विद्यार्थी एवम मिथिला परिक्रमामा साधुसन्तलाई समेत सेवा गरिरहेको छ।
नेता यादव दुई कार्यकाल क्षिरेश्वरनाथ उधोग वाणिज्य संघ अध्यक्ष पदका जिम्मेवारी सम्हालेका यादव दोश्रो र तेश्रो मधेश आन्दोलनमा मधेशी र पहाडीका लागि पटक पटक नेतृत्व लिएर आन्दोलनलाई उत्कर्षमा पुरयाउने सफल राजनीतिज्ञ हुन ।
पार्टीमा स्थापना कालदेखि नै सक्रिय भूमिका निर्वाह गरेका पार्टी संगठनलाई सुदृढिकरण र विस्तारमा समेत आफ्नो अहम भूमिका गर्दै आएका छन । पार्टीले मात्र होइन क्षेत्रका आम जनमासबाट समेत उनीलाई प्रदेश सभामा उम्मेदवार बन्न चौतर्फी आउन थालेपछि नेता यादव महोतरी क्षेत्र नं. १ (क) बाट उम्मेदवारी दिने घोषणा गरेका हुन ।
महोतरीको भंगहा नगरपालिका वडा नम्बर ९ कंचनबनमा निवासी नेता यादव राजनीतिमा मात्र सफलता होइन सामाजिक तथा विकासको क्षेत्रमा पनि उतिकै योगदान पुरयाउन सफल व्यक्तित्व हुन । उनी विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा महोतरी क्षेत्र नं. १ (क) का एक दर्जनभन्दा बढी गाउँमा खानेपानी, सिचाई र शिक्षा तथा स्वास्थ्यमा विकास उल्लेखनिय कार्यह? गरेका छन ।
नेता यादव महोतरीको क्षेत्र नं. १ (क)को सितापुर, भँगाहा, हत्तिसर्वा, सिंग्याही, मेघनाथ गोरहन्ना, धरमपुर र हरिहरपुर हरिणमरी लगायतका एक दर्जनभन्दा बढी गाउँमा खानेपानी जडान, विद्यालय कक्षा कोठा निर्माण, पठन पाठन सामाग्री वितरण, चापाकल, ईनार, शौचालय निर्माणका साथै सिचाईका लागि बोरिङ्ग पम्प जडान विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा गराएका छन ।