भारतीय सीमामा तारबार लगाउन एमाले सांसदको माग - Hamro Janakpur

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन् ।

आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको बताउँदै उनले तारबार लगाउनुपर्ने माग गरेका हुन् ।

‘बेलौरीमा हुलाकी सडकको काम गर्दा भारतीय एसएसबी आएर धम्क्याउने गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन्’ तामाङले भने, ‘सबै ठाउँमा नसकेपनि सीमामा तारबार गर्नैपर्छ ।

राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम चाल्नैपर्छ । नीति तथा कार्यक्रममा समेटिएको देखेन । सरकारको ध्यान जाओस् ।’

उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् । भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने माग उनको छ ।

तामाङले सरकारको नीति तथा कार्यक्रम पारित गर्न आफ्नो पार्टीले ह्वीप जारी गरेकाले सबै कुरा राम्रो रहेको भन्दै समर्थन जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..