सत्ता गठबन्धनलाई लामो समय सम्म बचाउनुपर्छ : प्रचण्ड - Hamro Janakpur

जनकपुरधाम  । नेपाल कम्युनिस्ट पार्टी  (माओवादी  केन्द्र)का  अध्यक्ष  प्रचण्डले  अहिले  देशभित्र  र  बाहिरबाट  सत्ता  गठबन्धनलाई  तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार  नेकपा  माओवादी  केन्द्रको  पार्टी  कार्यालय  पेरिसडाँडामा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी)को २२औँ स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

अध्यक्ष  प्रचण्डले  आफूहरू  गठबन्धनलाई  बचाएर सकारात्मक रूपमा अघि बढ्न तयार रहेको बताए । उनले भने, “अर्कोे वर्ग पूरै ताकतका साथ  गठबन्धनलाई  तोड्ने  र  प्रतिक्रान्तिलाई  निरन्तर  अगाडि बढाउने खेलमा लागेको छ ।”

उनँले आफूहरू भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएको र अझ त्यसलाई सुदृढ, विकसित र परिमार्जित गरेर जान माओवादीले चाहिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×