नेपाली काङ्ग्रेस पर्सा क्षेत्र २ को सभापतिमा मोहम्मद साबुदिन - Hamro Janakpur

वीरगंज, पर्सा । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र २ को सभापतिमा मोहम्मद साबुदिन बिजयी भएका छन । नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको क्रममा हिजो १५ गते भएको पर्सा जिल्लाको क्षेत्र २ को चुनाव को मत गणनाको आज बेलुका आएको मत परिणाममा आफ्नो निकटतम प्रतिद्वन्दी वैकुण्ठ श्रीवास्तव लाई हराउदै सबुदिन बिजय हासिल गरेका छन ।

उनलाइ सहयोग गर्ने खास गरे र दिन रात खटेका नेपाली कांग्रेस का युवा नेता धिरज गुप्ता लगायत सम्पुर्ण मतदाताहरु लाई धन्यवाद दिदै यो सम्पुर्ण नेपाली कांग्रेसका कार्यकर्ता को जित भएको तथा अगामी चुनावमा कांग्रेस लाइ अत्यधिक मत ले विजय बनाउने बताए। साबुदिन ले नेपाली कांग्रेस पर्सामा स्व.गिरिजा प्रसाद काेईराला फाउन्डेसन पर्साकाे जिल्ला सभापति भएर देशकै नमुना सङ्गठनको रूपमा साङ्गठनिक क्षेमता देखाएका थिए ।

अहिलेको समयमा नेपाली कांग्रेसलाई एउटा मेहिनती ,कार्यभार बहन गर्न सक्ने,अत्यन्त प्रतिकूल २०७८ को निर्वाचनमा सम्पूर्ण कांग्रेसिहरूको शिर ठाडो बनाउन सक्ने समकालिन राजनीतिमा सर्वाधिक लोकप्रिय यूवा नेताको रुपमा माेहम्मद सहाबुदिन रहेका ले पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदका उम्मेदवार भइ विजय हासिल गरेका छ्न ।

संस्थापन इतर समूहबाट निर्वाचित श्याम पटेल, कांग्रेसका जिल्ला सचिव हुन् । यसै क्षेत्रमा जिल्लाका परिचित नेता तथा पूर्वजिल्ला सभापति एंव संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य भने महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×