• मुकेश झा

हरिपूर्वा, सर्लाही । सिर्लाहीको हरिपूर्वा नगरपालिकामा विभिन्न बहानामा भ्रष्टाचार भएको भन्दै् नेकपा हरिपूर्वाले मसाल जुलुस निकाली बिरोद्ध प्रदर्शन गरेको छ । हरिपूर्वा नगरपालिका वडा नं. १ स्थित नयाँ बजार देखि निकालिएको मसाल जुलुस नगर परिक्रमा गरी पुरानो बजार स्थित कोण सभामा परिणत भएको नेकपा हरिपूर्वाले जनाएको छ ।

हरिपूर्वा नगरपालिका पूर्ण कुषि प्रधान नगर हो, तर नगरपालिकामा कृषि प्रवद्र्धनको लागि कुनै किसिमको कार्य नभएको भन्दै नेकपा हरिपूर्वा नगर कमिटिले आज बिरोद्ध प्रदर्शन गरेको नेकपा हरिपूर्वाले जनाएको छ ।

हरिपूर्वा नगरपालिकामा शिक्षाको नाममा, कोरोना भाईरसको नाममा अत्यधिक भ्रष्टाचार भएको हुदाँ आफुहरु पूर्व घोषित कार्यक्रम अन्तर्गत आज मसाल जुलुस निकाली प्रदर्शन गरेको नेकपा हरिपूर्वा नगर राजनैतिक सयन्त्र समितिका संयोजक बिकाउ यादवले बताए।

बिगत ३ वर्ष देखिको विकास निर्माण कार्य पारदर्शी गर्न, नगरवासीहरुको माझ ल्याउन आफुहरुले ति विकास निर्माण सम्बन्धी कागज तथा सूचना मागदा आफुहरुको मागको बेवस्ता भएको हुदाँ प्रदर्शन गर्नु परेको नेकपा नगर राजनैतिक सयन्त्र समितिका संयोजक यादवले बताए ।

New manakamana
नगर प्रमुख सियाराम राय र प्रसासकीय अधिकृत सक्कलदेव यादबको मिलोमतोमा विभिन्न बहानामा भ्रष्टाचार भएको हुदाँ नयाँ बजारमा मसाल जुलुस निकालिएको र भोलि (शुक्रवार) नगरपालिका भरी प्रदर्शन गरिने तथा आवश्यकता अनुसार नगरपालिकामा तालाबन्दी पनि गरिने संयोजक बिकाउ यादवले जनाएको छ ।

त्यस्तै हरिपूर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायले आफुहरु उपर लगाएको सबै आरोप झुठो भएको बताउनुभएको छ । बिरोेध गर्ने नेकपाका ति नेताहरु आर्थिक वर्ष २०७४÷७५ र ०७५÷७६ मा भएको सार्वजनिक सुनुवाईमा समेत सामेल थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा विरोध गर्ने ति नेकपाका नेताहरु लगायत सम्पूण नगरवासीहरु थियो ।

सबैको सामु छर्लङ्ग भए पनि नेकपा केहि साथिहरुले राजनैतिक तथा व्यक्तिगत स्वार्थका कारण आफनो चरित्र हत्या गर्न खोजेको नगर प्रमुख रायले बताए । आन्दोलित पक्षले बिहान देखि बेलुका सम्म पटक पटक बार्ताको लागि आफु नगरपालिकामा आउने समय बनाएर पनि नगरपालिकामा नआएको नगर प्रमुख रायले बताए। बार्ताको लागि आफु तयार हुदाँ पनि समय दिएर पनि नगरपालिकामा नआउनु आफनो चरित्र हत्या गर्ने प्रयास मात्र गरेका नगर प्रमुख रायले बताए ।

नेकपाका साथिहरुलाई सूचनाको हक छ र नगरपालिकाले सूचनाको हक अन्तर्गत सूचना दिन तयार हुदाँ पनि सूचना लिन नआउने तथा सिधै आन्दोलन गरी नगरवासीलाई ओझलमा पार्न खोजेको नगर प्रमुख सियाराम रायको भनाई रहेको छ ।

अहिले नेकपाको दुई तिहाईको सरकार छ, आफुले भ्रष्टाचार गरेको छु भने दुई तिहाईको सरकार बाट छानबिन समिति गठन गरेर ल्याउन सकिन्छ । छानबिन समितिले भ्रष्टारी प्रमाणित ग¥यो भने आफु कार्वाही भोग्न पनि तयार रहेको भन्दा भन्दै पनि चरित्र हत्या, बदनाम गराउनु न्याय संगत नभएको मेयर रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय