• रबिन्द्र प्रजापति

हाम्रो जनकपुर ३० गते कार्तिक रौतहट
रौतहटमा कोरोना महामारीले गत चैत्र ११ गतेदेखि सरकारले गरेको बन्दाबन्दिसंगै बन्द रहेको मुख्य सिमा नाका खुलाउन माग गर्दै जनप्रतिनिधि आज पनी धर्नामा बसेका छन । रौतहटको सदरमुकाम गौर स्थित नेपाल भारत सीमा नाका खुलाउन दवाब स्वरूप संघीय सांसद अनिल झाको नेतृत्वमा भन्सार गेट अगाडि जनप्रतिनिधिहरु धर्नामा बसेका हुन । धर्नामा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवंत झा लगायतका सहभागीता जनाउनु भएको छ । पछिल्लो केहिदिन देखि जनप्रतिनिधि तथा विभिन्न दलका नेता तथा स्थानीयहरु भन्सार अगाडि नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै गौरमा प्रदर्शन गर्दै आएका छन् । चाडपर्वका बेला किनमेलका गर्न भारतीय बजारसम्म जान नपाएको प्रदर्शनकारीले बताएका छन । बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गर्नु उचित नहुने उनीहरुको भनाइ रहेको छ । गौर भन्सार बन्द भएपनि रौतहटकै लक्ष्मीपुर बेलबिछवा र पश्चिममा महादेवपट्टीबाट आवागमन केही हदसम्म सञ्चालन भइरहेको छ । तर भारतीय सुरक्षाकर्मीले मुख्य नाकाबाटै आवतजावत गर्न भन्दै अन्य नाकामा स्थानीयलाई रोक्न थालेका छन । एसएसबीले रोक लगाएपछि स्थानीयले गौर भन्सारको मुख्य नाका नै खुलाउन दबाब दिएका हुन् । ‘सीमा क्षेत्रका बजारमा दुवै देशका नागरिकले किनमेल गर्ने गरेका छन तर लामो समयसम्म नाका बन्द हुँदा चाडबाडका बेला आवश्यक साम्रगीको अभाव भएको गौरका जगरनाथ साहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय