जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा वडा अध्यक्षले नवटाेलिमा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।

स्वास्थ्य चौकीको शनिबार वडा अध्यक्ष रामदेव सहनिले शिलान्यास गर्नुभएको छ ।

सबैला नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामदेव सहनिले स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका हुन् ।

वडा नम्बर ७ मा अध्यक्षले विकासका कुराहरुलाई ग्रामिण क्षेत्रका लागि जोड दिइएको भन्दै आवश्यकता अनुसारको माग गर्न नगर प्रमुखलाई आग्रह गरेका थिए ।

स्वास्थ्यको सेवा सहज सुलभ ढङ्गबाट जनताले पाओस भने उदेश्यले वड़ामा स्वास्थ्यको भवन स्थापना गर्ने कार्यक्रम अनुसार स्वास्थ्य भवनको निर्माण कार्य थालनी गरिएको हो ।

३७ लाखको लागतमा निर्माण हुने सो स्वास्थ्य भवन चारवटा काेठलिको शिलान्यास गरेका हुन । विकास निर्माणमा सक्रीय रहेका वडा अध्यक्षले आफ्नो वाडमा विकास क्रमलाइ तीव्रता बनाएका छन

शिलान्यास कार्यक्रममा वड़ाअध्यक्ष रामदेव सहनि र सदस्य प्रदिप दास,मिथला यादव सहित गाउका बुद्धिजीवी स्थानीयहरुको उपस्थति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय