महोत्तरी । महोत्तरीको गौशालामा एक बालिकामाथि बाख्राले काउली खएको निहुमा कुटपिट भएको छ । महोत्तरिको गौशाला नगरपालिका ३ नबराजपुर बस्ने राजेन्द्र साहकी १२ वर्षीया छोरी बबिता साहमाथि मंगलबार निर्घात कुटपिट भएको हो ।

खेतमा बाख्राले काउलि खाएको निहुमा छिमेक ५५ बर्सिय राजेन्द्र यादवले बालिकालाई घरबाट झिकेर कुटपिट गरेको पीडित परिवारले बताएको छ ।

कुटपिट भएको निलडाम बालिकाको शरीरमा प्रष्ट देखिएको छ । कुटपिट गर्ने छिमेक विरुद्ध प्रहरीमा उजुरी दिने परिवारजनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय