सिरहा ।  सिरहाको कर्जन्हा नगरपालिकाको वस्तिपुरमा आयोजित किसान नेता जय गोविन्द साहको ३१ औं स्मृतिसभालाई सम्वोधन गर्दै नेता नेपालले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले उनको नेतृत्वमा समादवाद नआउने दावी गरे।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको नेतृत्वमा अव समाजवाद नआउने दावी गरेका छन्।

कुशासन, उत्पीड्न, अन्याय, अत्याचारको विरुद्ध लड्ने कम्यूनिष्ट पार्टीभित्रै बसेर ओलीले एकतन्त्रीय व्यवस्था चलाउन थालेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल आक्रोस पोखे। ‘ओलीले कम्यूनिष्ट सिद्धान्त छोडिसके’, उनले भने, ‘हामी कम्यूनिष्टहरू समाजवादमा विश्वास गर्छौं । तर पार्टीभित्रै ओलीले एकल निर्णय, मनपरीतन्त्र चलाउन थाले ।

उनको चरित्र सबैले देखिसक्यो।’ प्रम ओली यो व्यवस्था खतम गर्ने षडयन्त्रमा लागेको समेत नेता नेपालले बताए । बैलगाडामा चढेर गणतन्त्र आउने होइन भन्ने केपी ओली फेरि राजतन्त्र फर्काउने खेलमा लागेको बताए । उनले प्रधानमन्त्री ओलीलाई कामचलाउ प्रधानमन्त्रीको संज्ञा दिए । असंवैधानिक ढङ् गले संसद विघटन गर्ने अनि प्रधानमन्त्री हुँ भन्ने रु यो कतै नमिल्ने कुरा हो। उनी कामचलाउ प्रधानमन्त्री भइसके’, नेता नेपालले भने। नेता नेपालले अहिले नेकपाको अध्यक्ष म र पुष्पकमल दहालमात्र भएको बताए । उनले भने, ‘ओलीलाई पार्टी हित विपरीत, अनुशासनहीन चरित्र देखाएपछि कारवाही गररे निकालिसकिएको हो, उहाँ केन्द्रीय सदस्यमात्र हो।’ पूर्व अध्यक्ष ओलीलाई पार्टीको विधान अनुसार कारवाही गरिएको भन्दै नेता नेपालले भने, ‘केपी जीले मलाई कारवाही कसले गर्न सक्छ, भनिरहेका छन्। पार्टीको निर्णय नमान्ने, पार्टी भत्काउन खोज्नेलाई पार्टी विधान अनुसार अनुसाशानको कारवाही गरिएको हो। अहिले म र प्रचण्ड जी नै अध्यक्ष हुँ।’

उनले केपी ओलीलाई सच्याउन हामीले धेर को शिस गर्यौं तर पनि उनी सच्चिने अवस्था नदेखेपछि पार्टी कारवाही गर्न बाध्य भएको बताएको बताए । मन्तव्यकै क्रममा नेता नेपालले झुठ र घमण्डको दोस्रो नाम हो केपी ओली भएको बताए । उनले पार्टी र सरकारलाई एकतन्त्रीय ढङ्गले चलाउने, अनि केही गर्न दिएन भन्ने, आफ्नो लहडमा पार्टी संगठन चलाउने अनि अहिले दोष अरुलाई थोपर्ने । यो सरकार सर झुठ भएको बताए । उनले सूर्य चिन्ह हाम्रो पार्टीको हो यसमा कसैले दावी गर्न नसक्ने पनि उनले दावी गरे। संसद विघटन संविधानसम्मत नभएको र जनताको भावना विपरीत भएको पूर्व शिक्षा मन्त्री तथा नेकपा स्थायी समितिका सदस्य गिरिराजमणि पोखरेलले बताए । उनले म पनि संविधानसभा अन्तर्गत मस्यौदा समितिको सदस्य भएको नाताले विगतमा प्रधानमन्त्रीको चाहेको बेला संसद विघटन गर्ने परिपाटीलाई रोक्न जनभावनाको कदर गर्न यो संविधानमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्न पाउँदैन । उनको यो असम्वैधानिक कदम भएको बताए । सिरहा कर्जन्हा नपा ५ का किसान नेता जयगोविन्द साहको २०४७ पुस २५ गते भारतमा निधन भएको थियो। पञ्चायत विरोधी कम्यूनिष्ट आन्दोलनमा लागेका उनको शव समेत निरंकुश राजतन्त्रले नेपाल ल्याउन दिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय