बर्दिबास । महोत्तरीको बर्दिवासमा सहिद पत्रकार उमा सिंहलाई सम्झदै दिप प्रज्वलन गरिएको छ । १२ औं स्मृति दिवसका अवसरमा पत्रकार सिंहलाइ सम्झदै बर्दिवासका पत्रकारले दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बर्दिवास नगर पत्रकार संजाल महोत्तरी र प्रेस संगठन नेपाल महोत्तरीले संयुक्त उक्त कार्यक्रम आयोजना गरेको नगर पत्रकार संजालका अध्यक्ष बिक्रम रौनियारले जानकारी दिनुभयो ।
जनकपुरमा सक्रिय रहेर पत्रकारिता गरिरहनुभएकी सिंहको २०६५ साल पुस २७ गते धारिलो हतियार प्रहार गरि बीभत्स हत्या भएको थियो । दिप प्रज्वलन गरि श्रद्धाञ्जली ब्यक्त गर्ने क्रममा बर्दिवासका पत्रकारले उमा सिंहलाइ सधैं सम्झिरहने बताएका छन् ।