रौतहट । रौतहट सदरमुकाम गौर नगरपालिकाको पूर्वी सीमानासंग जोडिएको स्थानीय तह हो राजदेवी नगरपालिका । सदरमुकाम नजिकै रहेको र बौद्धिक रुपमा सम्पन्न मानिने यो नगरपालिकाका सामुदायिक विद्यालयहरूको अवस्था भन्ने उदेक लाग्दो छ । राजदेवी नगरपालिका वार्ड नम्बर ४ गडहिया टोलको बागमती किनारमा रहेको आधारभूत विद्यालयको कथा निकै दुर्दशापूर्ण छ ।

५ कक्षासम्म पढाइ हुने यो विद्यलयमा ४ वटा कक्षा कोठा र तीन जना शिक्षक मात्रै रहेका छन्। अझै टिठलाग्दो त के छ भने बाँकी दुईवटा कक्षाहरूमा विद्यालयमा कार्यरत्त पियनले पढाइदिने गरका छन् ।

करिब १५० जना विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा १३ वटा बस्ने बेन्च डेस्क रहेको छ । एउटा बेन्चमा सरदर ४ जना बस्ने गरी हिसाब गर्दा पनि ५२ जना भन्दा धेर विद्यार्थी बेन्चमा बस्न सक्ने अवस्था छैन । न त विद्यालयमा शिक्षक रहेका छन् न कक्षा कोठा नै पर्याप्त छ । अनि पर्याप्त बेन्च डेस्क नहँदा विद्यार्थीहरू भूइँमै बसेर पढ्न बाध्य छन्। माध्यमिक शिक्षासम्मको सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तहमा आइसकेको ३ बर्ष भन्दा धेर भइसक्दा समेत रौतहटका अधिकांश सामुदायिक बिद्यालयहरूको अवस्था दुर्दशापूर्ण नै छ । विद्यालयको अवस्था जीर्ण रहेको छ । अधिकांश विद्यालयमा विद्यार्थीको संख्या अनुसारको शिक्षकको अभाव रहेको अवस्थामा बेन्च डेस्कको ब्यबस्थापन पनि हुन् सकेको छैन ।

कतै विद्यार्थी अभावमै विद्यालय नखुल्ने समस्या छ त कतै शिक्षक नै विद्यालय नजाँदा विद्यालयको ताला खुल्दैन । दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ५ को दलित टोलमा अर्को आधारभूत विद्यालय रहेको छ । चारतिर दलित बस्ती अनि बीचमा दुई कोठे जर्जर अवस्थामा रहेको पक्की घर । घरमा लेखिएको छ प्राथमिक विद्यालय बडहर्वा । तर विद्यालय भने प्रधानाध्यापकको मुड अनुसार खुल्छ । विद्यालय छेउकै गाउँमा सो विद्यालयको प्रधानाध्यापक घर छ । तर उनी सदरमुकाम गौरमा बस्ने गरका छन् । उनको मुड भएको दिन मात्रै विद्यालय आउने गरको स्थानीय उमेश राम बताउँछन्। ‘दलित बस्तीमा शिक्षा प्रति जागरण पनि कम छ । पढाइ प्रति कसैको चासो छैन । त्यसमा पनि उपल्लो जातका प्रधानाध्यापक । काम नभएको दिन विद्यालयमा आउँछन्’, उनको भनाइ छ । दुई कोठे भवनमा ५ कक्षासम्मको पढाइ, त्यसमा पनि शिक्षकको अनुपस्थितिले यो विद्यालयको पठन पाठनको अवस्था दुख लाग्दो देखिन्छ ।

विद्यालयमा अर्को दुखद पक्ष छ । विद्यालयमा प्रधानाध्यापक सहित जम्मा ४ जना शिक्षक छन्। त्यस मध्ये प्रधानाध्यापककै घरका ३ जना छन्। राजदेवी नगरपालिका ३ घर भएका प्रधानाध्यापक शिव शंकर श्रीवास्तवसहित उनकी छोरी र श्रीमतीसमेत सोही विद्यलयमा शिक्षक पदमा जागिर रे हेका छन्। उनीहरू पनि प्रधानाध्यापकको जस्तै मुड भएकै दिन विद्यालय आउने गरका छन् । विद्यालयमा पुरानो ७ वटा बेन्च रहेको अवस्था छ । विद्यालय खुलेको दिन विद्यार्थीहरू भूइँमै बसेर पढ्न बाध्य हुन्छन्। सो विद्यालयमा पनि एक जना शिक्षक र एक जना पियनको भरमा पठन पाठन हुने गरको स्थानीय राधेश्याम साहले बताए । ‘पियनको भरमा संचालन हुने विद्यालयमा शिक्षाको गुण्स्तरीयताको कुरा गर्न‘ उचित होइन । दलित वस्तीमा सरकारको ध्यान केवल चुनावको बेला पुग्ने गरको ले तत्कालै सुधार हुने अवस्था पनि रहेको छैन’, उनको भनाइ छ । तर सो वडाका वडाध्यक्ष धर्मनाथ चौधरीको तर्क फरक छ । उनले विद्यालयको भौतिक संरचना जीर्ण रहेको स्वीकार गर्दै सो को लागि समुदाय पनि त्यतिक्कै जिम्मेवार रहेको बताए । ‘विद्यालयमा नामको लागि नामांकन गराइदिने तर विद्यालयमा िद्यार्थी नै आउन नमानेपछि समस्या देखिएको हो’, उनले दाबी गरे।

उनले छात्रवृति आउने समयमा विद्यार्थी देखिने तर बाँकी दिन विद्यालयमा विद्यार्थी उपस्थिति कमजोर देखिएको उनको भनाइ छ । उनले एउटै घरको प्रधानाध्यापक सहित ३ जना शिक्षक कार्यरत रहेको स्वीकार गरे। इशानाथ नगरपालिका रौतहटको पश्चिम दक्षिण भारतीय सीमासंग जोडिएको नगरपालिका हो। सोही नगरपालिकाको क्रान्ति प्रा बि जोकहाको अवस्था पनि उस्तै रहेको छ । ४ कक्षासम्म पढाइ हुने सो विद्यलयमा प्रधानाध्यापकसहित जम्मा २ जना शिक्षक मात्रै रहेका छन्। ४ कक्षासम्मको पढाइको लागि २ जना मात्रै शिक्षक भएपछि विद्यालयमा गुणस्तरीय शिक्षाको आशा नराखेको स्थानीय अरुण ठाकुरले बताए । उनले यस्ता विद्यालयहरूले शिक्षकको तलब दिनु भन्दा बढी केही गर्न नसकेको भन्दै यस्ता विद्यालयहरूलाई नजदिकको विद्यालयहरूमा गाभ्नु पर्नेमा जोड दिए । ‘विद्यार्थीको संख्या स्थिर हँुदैन, कहिले बढ्ने कहिले घट्ने भइराख्छ, यस्तो विद्यालयहरूलाई मर्ज गर्न नसकिए राज्यको लगानी डुब्दै जाने छ’, उनको तर्क छ । सो विद्यालयमा पनि पर्याप्त बेन्च डेस्कको ब्यबस्था नहँुदा विद्यार्थीहरू भूइँमै बसेर पढ्ने गरको छ । सो नगरपालिकाको वार्ड नम्बर ९ लौतानामा रहेको महेन्द्र राय यादव प्राबिको कथा पनि फरक छैन ।

४ कक्षासम्म पढाइ हुने विद्यालयको लागि जम्मा २ कोठे झुप्रो घर रहेको छ । कक्षा कोठाको माथि छानो पनि उडेको छ । विद्यालयमा न त कार्यालय घर छ न त शौचालय नै। प्रधानाध्यापक सहित ३ जनाको दरबन्दीमा सो विद्यालय संचालमा रहेको छ । बर्षौदेखि जीर्ण रहेको सो विद्यालय स्थानीय तह आएपछि सुधार हुने आशा पनि समाप्त भएको स्थानीय स्मिथ राजकले बताए । इशानाथ नगरपालिकाको केन्द्र औरियामा रहेको छ । सोही गाउँमा हनुमान प्रा बि विद्यालय रहेको छ ।

५ कक्षासम्म पढाइ हुने सो विद्यालयमा एउटा ४ कोठे भवन रहेको छ । त्यो विद्यालय पनि २ जना शिक्षककै भरमा संचालन हुदै आएको छ । ‘बिद्यालयहरूको अवस्था साह्रै जीर्ण रहेको छ । शैक्षि उन्नयनका लागि आलोचना भन्दा पनि सबैको सहकार्य र सहयोग आवश्यक रहेको छ,’ स्थानीय नमिता चौबेको भनाइ छ । यता मौलापुर नगरपालिकाको विद्यालयहरूको अवस्था झनै खराब रहेको छ । मौलापुर नगरपालिकाको पतौरामा रहेको अदभुतनाथ अधारभुत विद्यालयका बिद्यार्थीहरूलाई प्रत्येक दिन कहाँ पढाइ हुन्छ ,त्यो पनी थाहा हँदैन । पहिला धर्मशालामा पढाई हुँदै आएको भएपनि पछिल्लो समय सो धर्मशाला धार्मिक कामको लागि प्रयोग हुन थाले पछि कहिले रुखको छाहारी मा त कहिले कसैको घरमा पठन पाठन गराइन्छ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा दुई जना शिक्षक मात्रै रहेका छन्। यस्तै अवस्था राम औतार प्राबी सोनरनियाको पनि छ । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा केवल एक कोठे भवन रहेको छ ।

परोहा नगरपालिका ८ मा रहेको मोतिपुर टोलमा ५ कक्षासम्म पढाइ हुने राधा कृष्ण प्रा बि मोतिपुरको भौतिक अवस्था अति दायनीय रहेको छ । छाप्रो समेत नभएको विद्यलय भवनमा करिब २०० विद्यार्थीको भविक्ष्य अनधकारमय छ । स्थानीय तहको कुनै प्रतिक्रिया देखिदैन । यता माध्यमिक विद्यालयहरूको अवस्था पनि संतोषजनक रहेको छैन । सदरमुकाम गौरमै शिक्षक दरबन्दी अनुसारको जनशक्ती रहेको छैन । दरबन्दी अनुसारको शिक्षक नहँदा पठन पाठनमा व्यापक समस्या भएको स्थानीय अधिकारीहरूकै प्रतिकृया रहेको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले दरबन्दी अनुसारको शिक्षकको अभाव झेल्नु परको बताउँछन्। उनले आपूmले नगरकै बजेटले केही करारको शिक्षकको ब्यब्स्था गरपनि त्यो अपुग रहेको बताउँछन्। यता माधव नारायण नगरपालिकाको मधोपुरमा रहेको माध्यमिक विद्यालय माधोपुरमा कक्षा एक र दुईका विद्यार्थीहरूलाई भूइँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको छ । स्थानीय तहहरूले प्रस्तुत गर्ने गरको नीति तथा कार्यक्रममा शिक्षा प्राथमिकतामा राखेपनि उपयुक्त बजेट ब्यब्स्थापन नगर्दा सम्स्या हट्न नसकेको नागरिक समाज रौतहटका सचिव एवम् सेवा निवृत शिक्षक बिजय किशोर झाको भनाइ रहेको छ । उनले शिक्षा स्थानीय तहमा आइसक्दा समेत यस्तो अवस्था आउनु चिन्ताजनक कुरा रहेको बताउदै सबैलाई गम्भीर हुन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय