• सुमित मिश्रा

जनकपुरधाम । प्रदेश २ सरकारका मन्त्रीदेखि मन्त्रीका चालकसम्मले अनुगमन भत्ताको नाममा लाखौं रकम बुझेका छन्। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री, राज्यमन्त्रीदेखि लिएर चालकसम्मले गत आर्थिक वर्षमा मात्रै अनुगमन भत्ताको नाममा १४ लाख रुपैयाँभन्दा बढी रकम बुझेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कसले कति बुझे अनुगमन भत्ता?

स्रोतका अनुसार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले अनुगमन भत्ताको नाममा २ लाख १७ हजार रुपैयाँ बुझेका छन्। राज्यमन्त्री सुरेशकुमार मण्डलले २ लाख ३६ हजार रुपैयाँ बुझेका हुन्।मन्त्रीद्वयका स्वकीय सचिव र अंगरक्षक तथा चालकहरूले समेत अनुगमन भत्ताको नाममा रकम बुझेका छन् ।

मन्त्री रामनरेश राय यादवका स्वकीय सचिव छोरा दिनेश यादव छन् । दिनेशले एक वर्षमा अनुगमन भत्ताको नाममा १ लाख ८५ हजार ६०० रुपैयाँ बुझेका छन्।त्यस्तै, राज्यमन्त्री मण्डलले पनि नसटक आफन्तलाई नै स्वकीय सचिव राखेका छन्। उनका स्वकीय सचिव रमेशकुमार मण्डलले गत एक वर्षमा १ लाख १४ हजार रुपैयाँ अनुगमन भत्ताबापत रकम लिएका हुन् ।

अंगरक्षकले बुझे ४ लाख ३४ हजार ६००

मन्त्री यादवका ३ जना अंगरक्षक र राज्यमन्त्री मण्डलका २ जना अंगरक्षकले मात्र अनुगमन भत्ताको नाममा ४ लाख ३४ हजार ६०० रुपैयाँ बुझेका छन्। यादवका अंगरक्षक विमल खतिवडाले ८६ हजार ७ सय, मानबहादुर राणाले ६८ हजार २ सय र रविकान्त चौवेले ३२ हजार ३ सय रुपैयाँ बुझेका छन्।त्यस्तै, राज्यमन्त्री मण्डलका अंगरक्षक रामशरण कुमालले १ लाख २० हजार ९ सय र हरेराम यादवले १ लाख २६ हजार रुपैयाँ भत्ता बुझेका छन् ।यस्तै, मन्त्रीका चालक र राज्यमन्त्रीका चालकले अनुगमन भत्ताको नाममा २ लाख ११ हजार ८०० रुपैयाँ बुझेका छन्। मन्त्री रायका चालक धिरु झाले १ लाख १६ हजार ५ सय ५० र राज्यमन्त्री मण्डलका चालक संजयकुमार यादवले ९५ हजार २ सय ५० रुपैयाँ अनुगमन भत्ता बुझेको स्रोतले जानकारी दियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय