सिरहा(लहान) । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले विभिन्न राजनीतिक दलका नेताहरुलाई सर्पको संज्ञा दिएका छन्। उनीहरुले मधेशीहरुकै दुध खाएर मधेशीहरुलाई नै डसेको आरोप डा.राउतले लगाएका छन् ।

मधेश बलिदानी दिवसको अवसरमा आइतबार सिरहाको लहानमा आयोजित सभालाई सम्बोधन गर्दै डा.राउतले नेपाली कांग्रेस, नेकपा र जसपालगायतका पार्टीका नेताहरुलाई विभिन्न सर्पको संज्ञा दिदै विशेषताहरु सुनाएका थिए ।

मधेशीहरुले अधिकार माग्न खोज्दा नेपाली कांग्रेसले मधेशीहरुको हत्या गराएको र त्यसपछि सुर्यछाप(नेकपा)करण भएको बताए। नेकपाका नेताहरुले मधेशीको अपमान गरेको र आँपको संज्ञा दिएको भन्दै केपी शर्मा ओलीको आलोचना डा.राउतले गरे ।

मधेशीहरुले सर्पलाई दुध पिलाइरहेको भन्दै उनले आफ्नो भाषणमा सर्पसँग नेताहरुको तुलना गरेका हुन् ।

‘मधेशीसँग लभ परेको भन्दै प्रचण्डले आफुसँग सुत्न भन्छन् र राति भएपछि टोक्छ।’ डा.राउतले भने,‘काठमाडौंमा रहेका केही अजगर साप पनि छन् जो काठमाडौंमा बसेर मधेशी शहीदको विक्री गर्छन्। उनीहरु कुर्सीमा बसेर ठेक्कापट्टा गर्छ ।’

गजेन्द्र बाबु (गजेन्द्रनारायण सिंह)ले आफ्नो हातमा लिएर केही व्यक्तिलाई नेता बनाएको तर त्यही व्यक्तिहरुले सदभावनालाई समाप्त पारेको डा.राउतले बताए। उनीहरुलाई चुप्पा सार्पको संज्ञा उनले दिए ।

‘पहाडमा हरियाली समाप्त भएपछि उनीहरु हरियो लुगा लगाएर मधेशमा परेका छन्।’ जसपाका नेता डा.बाबुरा भट्टराईप्रति लक्षित गर्दै डा.राउतले भने ‘संविधान जारी गर्ने पनि उही, संविधानसभा विघटन गर्ने पनि उही साप र अहिले पुनः उनी मधेशमा आएका छन्। र, अहिले उनी नै मधेशी पार्टीको अध्यक्ष बनेका छन्। त्यो सुगवा साप धेरै खतरनाक हुन्छ ।’

मधेशी नेताहरुलाई कालिया नागको संज्ञा डा.राउतले दिए ।

‘शहीद राममनोहर यादवहरुलाई हत्या गराउने त्यही कालिया नाग हुन्। नागभन्दा पनि खतरनाक हुन्।’ उनले भने,‘विषलु सर्प एक पटक टोक्छ तर कालिया नाग बाम्बार डस्नेछ। बारम्बार मन्त्री भएर उनीहरुले मधेशीलाई डसेका छन्। यिनीहरुले तपाईलाई पनि र तपाईको बच्चालाई पनि डस्नेछन्। त्यसकारण यिनीहरुलाई नचाएर फाल्नु पर्नेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय