जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा आयोजित एक समारोहबीच मन्त्री ज्ञानेन्द्र यादवले आज खोप लगाएर प्रदेशमा अभियानको शुरूआत गरेकाे हाे ।

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव(ज्ञानु) ले कोरोना खोप यसरी लगाएकाे छ ।

आजदेखि शुरू भएको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

यादव पहिलो चरणको खोप अभियानको लक्षित समूहभन्दा बाहिरका खोप लगाउने पहिलो व्यक्ति हुन ।

मन्त्री यादवले खोप लगाउँदा कुनै साइड इफेक्ट नगर्ने सन्देश दिन पनि आफैबाट खोप अभियान शुरूआत गरेको बताए । उनका अनुसार आजदेखि प्रदेश २ को वीरगञ्ज र राजविराजबाट पनि खोप लगाउन सुरु गरिएको छ ।

वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियानको शुभारम्भ गर्ने छ । उनीहरूले भने हामी अहिले खोप नलगाउने बताइएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय