जनकपुरधाम । मिथिला नगरपालिकाले भुमिसुधार तथा मालपोत कार्यालय धनुषालाई आगो निभाउने उपकरण हस्तान्तरण गरेको छ ।

बिहिवार धनुषाको मिथिला नगरपालिकाले भुमिसुधार तथा मालपोत कार्यालय धनुषालाई १५ थान आगो निभाउने उपकरण हस्तान्तरण गरिएको छ । मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले मालपोत कार्यालय धनुषालाई उपकरण हस्तान्तरण गरेको मिथिला नगरपालिका कार्यालयले जनाएको छ ।

उपकरण हस्तान्तरण गर्ने क्रममा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय