• रामनारायण ठाकुर

सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.११ मा निःशुल्क एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मिर्चैया नगरपालिका पशु सेवा शाखा मिर्चैयाको आयोजनामा शिविर भएको हो । शिविरबाट २ सय २६ घरधुरीका बाख्रा, गाई,गोरु,भैँसीलाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधि वितरण गरिएको मिर्चैया नगरपालिका पशु सेवा शाखाका प्रमुख नागेश्वर हाथीले बताए ।

शिविर वाट ३ सय ९४ बाख्रा,भैँसी–गाई ३ सय ३४ गरी जम्मा ७ सय २८ पशुको स्वास्थ्य परीक्षण तथा उपचार समेत गरेको मिर्चैया नगरपालिका पशु सेवा शाखाका प्रमुख हाथीले बताइएको छ ।

उक्त शिविरमा मिर्चैया नगरपालिका वडा नं.११ का वडा अध्यक्ष कृष्ण कुमार हजामको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबको उपस्थिति रहेको थियो । शिविरमा बिशिष्ट अतिथिको रुपमा मिर्चैया नगरपालिकाका प्रशसकिय अधिकृत डम्बरध्वज आङदम्बे,मिर्चैया नगरपालिका पशु सेवा शाखाका प्रमुख नागेश्वर हाथी,स्थानीय,नागरिक समाज,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय