Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

१५ दिनसम्म पुगेन प्रधानमन्त्रीकहाँ सर्वोच्चको आदेश

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
१ फाल्गुन २०७७, शनिबार
4 Shares
Share4
Tweet
Share
Pin

काठमाडौं । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो ।

सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई भनेको थियो ।

तर आदेश दिएको १५ दिनसम्म प्रधानमन्त्री लिखित जवाफ बुझाउन अदालत गएका छैनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अदालतबाट उक्त आदेशको जानकारीसहितको पत्र नआएको बताउँछन् । ‘तामेलदार आएको मेरो जानकारीमा छैन । तामेलदारलाई प्रधानमन्त्रीले नै भेट्नुपर्ने पनि होइन होला’ थापाले अनलाइनखबरसँग भने ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि अदालतको अवहेलना मुद्दामा आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

पूर्वप्रधानन्यायाधीशहरुलाई संसद विघटनसम्बन्धी विषयमा संयुक्त विज्ञप्ति निकालेर अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको र पूर्वसभामुख ढुंगानाले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर अवहेलना मुद्दा दर्ता भएको थियो ।

तर उनीहरुले पनि सर्वोच्चले आदेश दिएको १५ दिनसम्म आदेशको लिखित जानकारी पाएका छैनन् । पूर्वसभामुख ढुंगानाले अनलाइनखबरसँग भने, ‘हामी म्याद बुझ्न जाने कुरा भएन । तामेलदार आएका छैनन् । हामी डेरा सरेर हिँडेका पनि छैनौं ।’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि आफूकहाँ तामेलदार नआएको जानकारी दिए । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा त तामेलदार नआएका कारण आफैँ अदालत जाने तयारीमा छन् । ‘तामेलदार आएका छैनन् । अब आइतबार वा सोमबार आफैं बुझ्छौं’ उनले भने, ‘आफैं (अदालत) गएर बुझ्यो भने भोलिपल्ट, पर्सिपल्ट जवाफ दिन मिल्छ ।’

‘किन आफैँ म्याद बुझ्न अदालत जान लाग्नुभएको ?’ भन्ने जिज्ञासामा शर्माले भने ‘अदालतलाई हामी नै छिटो गरिदिन्छौं अब ।’

कता हराए तामेलदार ?

यस्तो मुद्दामा अदालतबाट आदेश भएपछि सम्बन्धित पक्षलाई आदेशबारे जानकारी दिन तामेलदार खटाइन्छ ।

उसले सम्बन्धित व्यक्तिको घर–ठेगानामा पुगी पत्र बुझेको जानकारीसहित प्रतिवेदन दिनुपर्छ । सम्बन्धित व्यक्ति नभेटिए एकाघर परिवारका सदस्यलाई बुझाउने र त्यो पनि सम्भव नभए वडा कार्यालयको रोहबरमा घरमा सूचना टाँस गर्ने कानूनी प्रावधान मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ मा छ ।

सर्वोच्च प्रशासनका अनुसार प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आदेश बुझाउन तामेलदार पठाइएको छ ।

सूचना अधिकारी देवेन्द्र ढकाल भन्छन्, ‘प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीशहरु र पूर्वसभामुखकहाँ तामेलदार पठाएका छौं । म्याद बुझे नबुझेको प्रतिवेदन प्राप्त भएको छैन ।’

२०७३ साल कात्तिकमा तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको सूचना दिन गएका तामेलदार यसरी नै हराएका थिए । यसबारे प्रश्न उठेपछि सर्वोच्चले अर्को तामेलदार पठाएर उनको घरमा सूचना टाँसेर आएको थियो ।

अहिले पनि सर्वोच्चले एक हप्ताभित्र लिखित जवाफ पेश गर्न दिएको आदेशको तामेली १५ दिनसम्म नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसमा सर्वोच्च प्रशासन वा तामेलदार कसको कमजोरी हो भन्ने प्रश्न उठेको छ ।

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०४ अनुसार तामेलदारले अदालतबाट आदेश बुझेपछि सम्बन्धित व्यक्तिसमक्ष बुझाउन सात दिनको समय पाउँछ ।

सात दिनभित्र म्याद तामेल हुन नसकेमा त्यसको कारणसहितको प्रतिवेदन अदालतमा दिनुपर्ने भनिएको छ । सार्वजनिक विदा र तामेलदारले पाउने म्यादसमेत हिसाब गर्दा अहिले नै प्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीशले आदेश बुझी लिएनन् भन्न नमिल्ने सर्वोच्चका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रमुख समाचार

प्रधानमन्त्रीले भने- मलाई मधेस पस्न नदिए हुन्छ तर पानी चाहिँ नरोक्नू

19 mins ago
प्रदेश २

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

1 hour ago
प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

2 hours ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

3 hours ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

4 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

5 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

6 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

7 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

7 hours ago

लोकप्रिय

अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

१ फाल्गुन २०७७, शनिबार
प्रदेश २

मोटरसाइकलले ठक्कर दिदा एक बालककाे अवस्था चिन्ताजनक

१ फाल्गुन २०७७, शनिबार
प्रदेश २

प्रदेस २ : मन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी रहेन

१ फाल्गुन २०७७, शनिबार
खेलकुद

ब्लु हाउसलाई पराजित गर्दै जनता मा.वि.को क्रिकेट खेलमा ग्रिन हाउसले जमाए कब्जा

१ फाल्गुन २०७७, शनिबार
प्रदेश २

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

१ फाल्गुन २०७७, शनिबार
प्रदेश २

प्रदेश २ : कोरोना महामारी रोकथामका लागि मन्त्री र राज्यमन्त्रीले लाखौं भ्रमण भत्ता

१ फाल्गुन २०७७, शनिबार

ताजा समाचार

प्रधानमन्त्रीले भने- मलाई मधेस पस्न नदिए हुन्छ तर पानी चाहिँ नरोक्नू

19 mins ago

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

1 hour ago

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

2 hours ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

3 hours ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

4 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि