सिरहा । महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्य द्धारा गोलबजार नगरपालिका वडा नः ५ का स्थाई वासी राम कुमार मोचीको भाई २६ बर्षशीय रामउदगार मोचीलाई ५ं० के.जी,चमाल,नुन र खाने तेल सहयोग गरेको छ ।

करिब ५ महिना देखी ढोढाई मोची र उनको पतनी मुसहर्नी देवी मोचाीको छोरा राम उदगार माचीको ग्रसित रोगी जिवनको मुक्त पाउनको लागी यस लहान नगरपालिका काङ्ग्रेस नेता तथा समाज सेबि महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्यले पीडित राम कुमार मोचीको भाई सहित सबै परिवारलाई राहत सहयोग गरेका छन ।

राम कुमार मोचीको परिवारमा ९ जना सदस्य रहेका छन । महिला ४ जना पुरुष ५ जना गरी सँयुक्त परिवारमा बसोवास गरेका छन । मोचीसंग जग्गा जमिन केहि नरहेको स्थानीयको भनाई छ। उनीको घर परिवारमा कमाउने राम कुमार बाहेक अरु कोही छैन । आमा वुवा अरुको खेतमा ज्याल मजदुरी परिवारलाई पालन पोषण गरेका थिए । तर यो दिमागी रोगीको कारणले सबै परिवार दुखित जिवन विताउनु परेका्े छ ।
खानाको लागी चमाल,दाल,नुन तेल सम्म उनीसंग छैन । भए भरको सबै रकम भाई राम उदगार मोची उपचारमै खर्च भई सकेको छ । विराटनगरको न्युरो अस्पतालमा २ महिना सम्म उपचार गराउँदा भएका १ कठ्ठा १० धुर जग्गा पनि बैँकमा राखिएको छ । दैनिक गुजाराको लागी माग चाँग गरी जिवन विताउनु परेको कुरा राम कुमार मोचीले बताउनु हुन्छ ।

यस्तो अवस्थाको दिन दुखी लाई महेश चौधरी र उनको श्रीमतीले सहयोग गरेका हुन् ।पीडित परिबार बाट सहयोगि हात लाई धेरै धेरै धन्यवाद दिएका छन् ।

यस्तो अदारणीय समाजसेवीहरुलाई समजमा उच्च स्थान नै रहन्छ । तर यसरी मानव कर्तव्यको गुण भएको महेश चौधरी र उनको पतनी नै हो उनले बर्णन गरेका थिए ।

लहान र सिरहा जिल्ला भरीमा धेरै छन । तर यसरी दखी,बेसहरा,पिडितलाई सहयोग गर्दै आईरहेका छन । लकडाउनको समयमा पनि लहान नगरपालिकाको कयौँ दलित वस्ती र विपन्न परिवारहरुलाई राहत सहयोग गरेका कुरा जगजाहेर रहेका कुरा सहकर्मी राम सेवक राम बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय