धर्वेन्द्र कुमार यादव(यदुवन्शी)

महोत्तरी, जेठ २१ गते ।जनसहयोगी युवा संजाल वर्दिवासले औरहीका श्याम चौधरीलाई खाद्यान्न सामग्री सहित राहत प्रदान गरेका छन । वुधबार विहान औरही नगरपालिका २ का श्याम चौधरीलाई सजालले २ वोरा चावल, दाल, नुन, तेल, सावुनसहित सामग्री लिई घरमै प्रदान गरेका छन ।संजालका अध्यक्ष परमेश्वर महतोका अनुसार पुत्रवियोगमा रहेको श्यामको परिवारलाई संजालले केही खाद्यान्न सामग्री वितरण गरिएको जनाएको छ । स्थानिय संचारकर्मी धर्वेन्द्र कुमार यादवले श्यामको पिडाको बारेमा संजाललाई जानकारी गराएपछि उनीहरुको पीडामा थोरै भएपनि आफुहरु मलहम दल्ने प्रयासमा जुटेको अध्यक्ष महतोले बताए ।वैदेशिक रोजगारको क्रममा साउदी पुगेको एक मात्र २४ बर्षिय छोरा अनिल चौधरीलाई त्यहाँका सरकारले गत महिना मृत्युदण्ड दिएपछि श्यामका परिवार पुत्र वियोगमा रहदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय