धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिकाका वडा नं.९ (भठियन)मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ ।

सबैला नगरपालिकाका वडा नं.९ (भठियन)मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ । कोरोना महामारीको रोकथामका लागि सरकारले लकडाउन जारी गरेको छ । यो बेला गाउँमा सवारीसाधन चल्दैनन् । सामान्य विरामी हुँदा एम्बुलेन्सको माध्यमबाट अस्पताल ल्याउनुपर्ने बाध्यता भैरहेको बेला बर्षाले सडक अवरुद्ध पर्दा समस्या परेको भन्दै स्थानीयहरुले गुनासो पोखेका छन । तर पनि कुनै किसिमको चासो रहेको छइन जनप्रतिनिधिहरुको एक स्थानीयले गुनासो पोखेका छन ।

जितेको जनप्रतिनिधिले हेर्दाहेर्दै पनि सो ठाउँको बाटो अहिले सम्म सुधारन सकेनन् । सो बाटोले गर्दा बाताबरण दुर्गन्धित हुदाँ स्थानीयहरु दुःखी हुन थालेका छन । स्थानीयले भने स्थानीयहरुले नगरपालिकाको कर तिर्दातिर्दै पनि नगरपालिकाको सेवा जनतालाई मिल्न सकेका छैन ।

यहाँका स्थानीयहरुले अति आवश्यक कामले पनि बाहिर जाँदा हातमा चप्पल बोकेर गाउँ कटेपछि लगाउँछन । बजेटको चरम दुरुपयोगले बस्ती बीचको सडक अहिले सम्म पनि धान रोप्ने खेत जस्तै हिलाम्मे हुने गर्छ । व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । स्थानीय तह गठन पश्चात् जनप्रतिनिधिको रोजाइमा सडक नै परे ।

सबैला नगरपालिकाका वडा नं.९ (भठियन)को सडकमा अहिले पनि हिलो र पानी जमेकै कारण सवारी आवागमन गर्न समेत कठिनाई भएको छ । यस बारे वडावासीहरुले सबैला नगरपालिकाका वडा नं.९ का वडा अध्यक्ष सुशिल कुमार रायलाई पटक पटक जानकारी गराएपनि कुनै प्रकारको चासो नलिएको गुनासो स्थानीयले बताए ।यता, यो विषयमा सबैला नगरपालिकाका वडा नं.९ का वडा अध्यक्ष सुशिल कुमार राय सँग कुरा गर्नको लागि फोन गर्दा सम्पर्क हुन सकेन ।

सभार उज्यालो अनलाइन डटकम

गनेश कुमार ठाकुर लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय