जनकपुरधाम,२५ जेठ। भारतबाट घर आउने क्रममा जटही सिमामै प्राण त्यागेका धनुषाको शहीद नगरपालिका ९ निवासी बिरेन्द्र यादवको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकामा रहँदै आएका दुई जना नेपालीले यादवको परिवारका लागि तीन लाख रुपैयाँ पठाएका छन् ।

अमेरिकामा बस्दै आएका भीम कार्की र शंकर पन्तले ती रकम पठाएका हुन् । यी दुबै प्रवासी नेपाली एकता मंच अमेरिका (ओभरसिज नेपाली युनिटी फोरम) का हुन् । कार्की संस्थापक एवं वरिष्ठ नेता हुन भने पन्त महासचिव ।

अमेरिकी कानुन अनुसार ५०१ सि ३ अन्तर्गतको गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएको उक्त संस्थाका यी दुबैले रकम पठाएका हुन् ।

रकम लिएर काठमाडौं निवासी दामोदर सुवेदीले मृतक यादवको घरमै आएर रकम हस्तान्तरण गरेका छन् ।

जलश्रोत डटकमका संचालक समेत रहेका सुवेदीले मृतक बिरेन्द्रकी पत्नी सवितालाई रकम बैंकमा जम्मा गरिएको भौचर प्रदान गरे ।

बिरेन्द्रको परिवारमाथि भएको ऋणको बोझ कम गराउने मात्र होइन्, ती दुबैले उनको छोरा छोरीलाई शिक्षामा पनि सहयोग गर्ने भएको सुवेदीले बताए । बिरेन्द्रका छोराछोरीको नाममा रु १ लाखको अक्षय कोष खड गरेर शिक्षामा सहयोग गर्ने इच्छा कार्की र पौडेलले व्यक्त गरेको सुवेदीले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय