जनकपुरधाम : नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने गर्न लागिएको नयाँ कानुनी व्यवस्थाको विरोधमा मंगलबार प्रदेश २ का विभिन्‍न स्थानमा प्रदर्शन गरिएको छ ।

जनकपुरमा भएको प्रदर्शनमा प्रदेश सरकारका मन्त्री, सांसद, मेयर र निर्वाचित जनप्रतिनीधिले पनि सहभागिता जनाए ।जनकपुरको जनकचोकबाट जनता समाजवादी पार्टीले निकालेको विरोध प्रदर्शनमा प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद प्रमेश्वर साह, शैलेन्द्र यादव र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पनि सहभागिता जनाए ।

प्रदेश सांसद प्रमेश्वर साहले नेपाल र भारतको रोटीबेटीको सम्बन्ध टुटाउन नागरिकता विधेयकलाई संशोधन गर्न लागिएको आरोप लगाए । ‘नेपाल–भारतबीच वैवाहिक सम्बन्ध अहिलेको होइन । त्रेतायुगमा राम र सीताको विवाह भएको हो,’सांसद साहले भने,‘वैवाहिक सम्बन्ध दुई देशबीचको होइन । पारिवारिक नातामा हामी बाधिएका छौं । यसलाई भत्काउने काम सहय हुन्न ।’जनकपुर उपमहानगरपालिकाका मेयर साहले नागरिकता संशोधन विधेयक फिर्ता लिएर संघीय सरकारलाई कोरोना भाइरस महामारीसँग जुध्‍न समय खर्चिन सल्लाह दिए । प्रदेश २ को प्रदेशसभाले पनि नागरिकता संशोधन विधेयक फिर्ता लिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव स्वीकृत गरिसकेको छ ।

त्यस्तै मंगलबार नै भानुचोकमा जसपा को सङघिय परिषदका सदस्य नवीन यादवको नेतृत्व मा पुतला दहन कार्यक्रम गरिएको थियो पुतला दहन कार्यक्रम नेता यादब ले जुन केपि ओलीको सरकारले नेपाल र भारतको सम्बन्ध तोडन खोजेको छ जो मधेशी जनताले कहिले हुन दिदैन । कार्यक्रम मा युवा नेता किशन शाह,प्रशांत झा लगायत का युवा नेता हरु को उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय