• हाम्रो जनकपुर

    नितेश यादव

सिरहा / श्रावण । कोभिड १९ का कारण देखिएको रगत अभाव कम गर्न मद्दत पुर्याउने उदेश्यले विद्यार्थी जनमत संघ सिरहाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी सिरहाको प्राविधिक सहयोगमा आईतबार जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीको अध्यक्षतामा जनमत पार्टी सिरहाको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जना सहभागि भएका विद्यार्थी नेता नवरतन साहले जनाकारी दिए ।

कोभिडका कारण देखिएको रगत अभावलाई कम गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको उनले बताए ।

रक्तदान कार्य अहिले सिरहामा देखिएको रगत अभाव नियन्त्रण गर्न योगदान पुगेको संघका अध्यक्ष सहनीले विश्वास व्यक्त गरे ।

सो रक्तदान कार्यक्रममा जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण यादव,संघका केन्द्रीय सदस्य दिपेन्द्र कुमार यादव र नवरतन साहसमेतले रक्तदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय