जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले सरकारको रवैया र कोरोना महामारी नियन्त्रण तथा ब्यवस्थापन माथी तीखो प्रहार गर्दै व्यंग्यात्मक शैलीमा “ओली सरकार र यो ब्यवस्थामाथी कोरोना बम” प्रहार गरेका छन् । आज आफ्नो सामाजिक संजाल facebook मा उनले यसो लेखेको भेटियो,

महान बैज्ञानिक डा. के. पि. (कर प्रसाद) ओली द्वारा कोरोना (COVID 19) को सम्बन्धमा महान खोज गरिबक्सेको छ, वहाँलाई कोटि-कोटि नमन एवं हार्दिक धन्यवाद ।

वहाँ २०औं र २१औं शताब्दी कै महान विद्वान, तर्क-शाष्त्री, सर्व-ज्ञानी, महा-पण्डित, महान-राजनीतीज्ञ तथा कुटनीतिज्ञ, समकालीन अवस्थाका विश्व कै सर्वोच्च दुरदर्शी राजनेता पनि होईबक्सन्छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बी एवं ॐकार परिवार ले मान्ने र मनाउने चाड-पर्व, पुजा-पाठ, रिति-रिवाज, परम्परा, आस्था, मौलिक एवं एतिहासिक संस्कृति, मान्यता लगायतका वैदिक कर्म-काण्ड गर्ने गराउनेलाई मात्र यस धर्म-निरपेक्ष कोरोनाले प्रभावित एवं संक्रमित गर्छ ! त्यसकारण ॐकार परिवार सदस्यहरू अब होली-वाईन सेवन गरि कृश्चियन धर्म अवलम्बन गरौं !

प्रमाणहरु :-

१) राजनीतिक गतिविधि, तामझाम, आमसभा, सम्मेलन, गोष्ठी, नारा-जुलुस, बैठक गर्दा कोरोना नसर्ने ?

२) प्लेन/बिमान भरी यात्रु सवारी गर्दा नसर्ने तर सार्वजनिक यातायात, TAXI, मोटरसाइकल चढदा कोरोना सर्ने ?

३) मुहरम गर्दा, ईद-बकरईद मनाउँदा, चर्च जाँदा नसर्ने कोरोना मठ-मन्दिर-गुम्बा जाँदा पुजा-पाठ गर्दा कोरोना सर्ने ?

४) पाँच तारे होटेलमा सांसद अपहरण गरेर राख्दा, देश बेच्ने षड्यन्त्र बुन्दा नसर्ने कोरोना २-४ जना बस्ने सानो होटेलमा कोरोना सर्ने ?

५) व्यापक भिडभाड हुने भाटभटेनी लगायतका ठुलठुला मलमा नसर्ने कोरोना सानो पसलमा सर्ने ?

६) श्रीमानलाई लागेको कोरोना सँगै बस्ने श्रीमती लगायतका परिवारजनलाई नसर्ने ?

७) बिज्ञापन भर्न, दस्तुर बुझाउन लगायतका कार्यमा भेंडा-सम्मेलन गराउन सफल कृश्चियन धर्म-प्रचारक सरकार कै आदेशमा होलिवाईन कै असरले उक्त भिडमा कोरोना सर्दैन ?

८) होलिवाईनले संरक्षित सिंहदरबार, बालुवाटार, संघीय संसद भवन भित्र छिर्न असफल कोरोना मन्दिरमा सजिलै आफ्नो प्रभाव र प्रभुत्व देखाउने ?

९) नेताका सुरक्षाकर्मीलाई संक्रमित गर्ने कोरोना उक्त नेतालाई नसर्ने ?

१०) रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी आम जनतालाई सर्ने कोरोना त्यही जात्रामा खटिएका सुरक्षकर्मी कोरोना संक्रमित हुँदा पनि केही नहुने ?

११) बडा दशैं र बलि प्रदान गर्दा सर्ने कोरोना पक्कै पनि धर्म-निरपेक्ष नै रहेछ, पुर्णतः सेकुलर भाइरस ।

त्यसकारण समय रहदै सचेत होऊँ, दुरगामी षड्यन्त्र तहत नियोजित एवं प्रायोजित रुपले विभिन्न बहानामा बिगत केहि वर्षदेखि निरन्तर हाम्रो धर्म – संस्कृति – परम्परा – आस्था – विश्वास – मौलिकता – एकता लाई खण्डित गर्दै प्रहार हुँदैछ । एकता मै बल हुन्छ त्यसकारण एकजुट भई कडा प्रतिवाद एवं प्रतिकार गरौं । नभए आउने ५ वर्ष भित्र हाम्रो सनातन वैदिक सभ्यता किवंदन्ती कथा र इतिहासको पानामा सिमित हुनेछ ।

नेपाल सरकारको वार्षिक राष्ट्रिय बजेटको दुई-गुणा भन्दा बढी रकम (लगभग १३ खर्व रुपैयाँ जसको कुनै लेखाजोखा र नियन्त्रण छैन) विभिन्न NGO, INGO र कुटनीतिक नियोगहरुको माध्यमले वर्षेनी नेपालमा भित्रीदै आएको तथ्य जगजाहेर नै छ, जसको एकमात्र काम हो, गरिब, बेरोजगार, अशिक्षित नेपालीलाई विभिन्न प्रलोभनमा पारि व्यापक धर्म-परिवर्तन गराउँदै नेपाललाई कृश्चियन राष्ट्र बनाउने ! जसमा नेपालका डलरवादी तथाकथित बौद्धिक वर्ग, सामाजिक अभियनता, नागरिक अगुवाहरु देखी राजनीतिक दलहरु, तथाकथित ठुलाबडा राजनीतिक नेतृत्व र यो गणतान्त्रिक सरकार पनि संलग्न रहेको तथ्यहरु पर्याप्त भेटिन्छ ।

यी देश-बेचुवाहरुले भन्दै आएको र दावी गर्दै आएको तथाकथित “प्राप्त उपलब्धि” यहि नै हो । हामीलाई भनिएको “धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२” को वास्तविकता “कोरोना भाइरसका समगोत्री धर्म-निरपेक्ष संवैधानिक लूटतान्त्रिक GUNतन्त्र नेपालको संविधान २०७२” हो ।

अत: सचेत होऊँ !! आ-आफनो धर्म, संस्कृति, परम्परा, मौलिकता, इतिहास, आस्था, मान्यता को संरक्षणका निम्ति आफै अगाडी बढौं । भौतिक दुरी कायम गरि स्वास्थ सतर्कता अपनाउँदै सम्पूर्ण चाडपर्व, पुजा-पाठ गरौं , आउने बडा दशैंमा बलि पुजालाई निरन्तरता दिऊँ । सम्पूर्ण ॐकार परिवार एकजुट होऊँ, सनातन वैदिक परम्पराको संरक्षण गरौं ।।
धर्मो रक्षती रक्षित: ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय