• राम पुकार यादव

हाम्रो जनकपुर /बिष्णुपुर सिरहा । पुर्व राजपा र पुर्व सजपाको पार्टि एकिकरण पश्चात बनेको जसपा कार्यकर्ता भेटघाट र स्थानिय तहहरु समेतमा पार्टि समायोजन गर्न सन्देश दिन बिष्णुपुर गाउँपालिकाको राजपुर कौवाहा पुगेको पुर्व संचार मन्त्री राजकिशोर यादवले सरकार अधिनायकवादको रणनितिमा लागेको बताउनुभयो ।

सिरहाको बिष्णुपुर गाउँपालिका रामजानकी पर्यटकिय बागमा कार्यकर्ता भेटघाट गर्दै मन्त्री यादवले भने, सरकारले जनता भ्रमित गर्ने चालमा छन,देशमा दुइ पार्टि पद्धति स्थापनाको लागि मास्टर प्लानमा छन ।

यसले मधेसि, आदिवासि, दलित,जनजाती, पिछडा वर्ग मुस्लिम,अल्पसंख्यक सिमान्तकृत समुदाय र जनतालाई बिकल्प बिहिन बनाउने खेल रहेको बताएका छन ।

मन्त्री यादवले जसपा मुलुकको तेस्रो शतिmशालि पार्टि रहेको भन्दै सरकारले देशमा अधिनायकवादको राजनिति स्थापित गर्न सबिधान सभाको निर्वाचन २०७० ताका निर्वाचन ऐन परिवर्तन गरेर थे्रसहोल्डको निति ल्याए । थे्रसहोल्डको निति तहत त्यस बखत देशमा रहेका जम्मा ३१ वटा राजनितिक दलहरुलाई चार वटामा झारे र हाल जनतालाई भ्रमित गर्दै दुई पार्टि पद्धतिको खेलमा लागेको बताउँदै जनता समाजबादि पार्टि समेतलाई तह लगाउने प्रजातन्त्र बिरुद्धको गतिबिधिहरु वारे बुझन पार्टि कार्यकर्ता तथा नेतृत्व पंतिmलाई नचुक्न प्रष्ट गर्नुभयो ।

उहाँले भने,सतारुढ कमयूनिष्ट सरकारले दुइ पार्टि पद्धतिको तहत पहिला मधेसवादि दललाई र पछि काँग्रेस पार्टि समेतलाई तह लगाई चिनको जस्तो एकल अधिनायकवाद ल्याउने मास्टर प्लानमा सरकार रहेको बताउनुभयो ।

उहाँले अन्तराष्ट्रिय राजनिती परिर्वतनको बारेमा कार्यकर्ताहरुलाई सुझाउँदै सरकारले देशमा प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासहरुलाई सरकारले समेत धरापमा पार्दै गरेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय