जनकपुरधाम। युथ एसोसिएसन अफ नेपाल – यानले विपद् (कोभिड-१९) मा बाल संरक्षण पूर्व तैयारी तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेका हुन्।

महोत्तरी युवा संजाल र ग्रामीण बिकास केन्द्रको सहकार्यमा यानले उक्त कार्यक्रम सुरु गरेका छन।

आज पहिलो दिनको कार्यक्रम जनकपुरधाम -०८ बाल्मिकिनगर स्थित चिल्ड्रेन होलि प्लेस हाइ स्कुलमा गरेका हुन्।

यानका सदस्य रवि शंकर सिंहले भने अहिले बिश्व कोभिड-१९ को चपेटामा परेकोले यसले बालबालिका माथी हुन गएको असर, बालबालिकाको समस्या खोज्नुका साथै यसबाट बच्ने उपायहरू बालबालिका समक्ष राख्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

यस कार्यक्रममा बालविवाह, बालश्रम, बाल बिर्ज्याई, लैँगिक हिंसा, बालबालिका बेचबिखन, धूम्रपान तथा लागू औसत, बलात्कार लगायतका शिर्षकहरुमा चर्चा भएका छन्।

त्यस्तै यानका सदस्य आदित्य उपाध्यायले भने “बालबालिकाहरु माथीको समस्या बुझी, उनीहरुलाई सक्दो मद्दत गर्ने हाम्रो प्रयास रहनेछ।

कार्यक्रममा यानका अध्यक्ष राहुलराज यादव, विद्यालयका प्र.अ. देवनाथ पाण्डे, यान सदस्य आदित्य उपाध्याय, ध्रुब यादव, धिरेन्द्र यादव, सिवा सिंह, प्रमोद मण्डल, सक्रिय युवा आसुतोस झा, विद्यालयको शिक्षक, शिक्षिका लगायतको सहभागी भनेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय