भारतमा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले नेपाल–भारत सीमानाकामा कडाइ गरेको छ । सोही क्रममा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अस्थायी प्रहरी पोस्टहरू पनि थप गरेको छ ।

रुपन्देहीको भारतसँग सीमा जोडिएको ६० किलोमिटर क्षेत्रको पाँच स्थानमा स्थायी पोस्ट रहेकोमा अहिले २० वटा अस्थायी पोस्ट थप गरिएको छ । सीमा अनुगमन गर्न अन्य ६४ स्थानमा पनि पाल टाँगेर सशस्त्र प्रहरी बसेका छन् ।

रुपन्देहीमा सीमा सुरक्षामा एक हजार सशस्त्र प्रहरी खटिएका छन् । उनीहरू अधिकांशको वास पालमुनि हुने गरेको छ । थप गरिएको २० वटा अस्थायी पोस्टमध्ये आधा दर्जन पोस्ट स्थानीय विद्यालय तथा सामुदायिक विद्यालयमा रहेका छन् भने अन्य अस्थायी पोस्ट पनि पाल टाँगेर बनाइएका छन् ।

निरन्तर वर्षासँगै हावाहुरीसमेत चलिरहेकाले उनीहरूसामु झरीमा रुझ्दै ड्युटीमा खटिनुको विकल्प छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय