जेठ १०, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेमा आफ्नो विवरण उपलब्ध गराउन मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ ।

मलेसियामा रहेका नेपाली नागरिकहरु तत्काल नेपाल फर्कनु पर्ने अवस्था भएमा आफ्नो विवरण संकलन फारम अंग्रेजीमा भर्न दुतावासले अनुरोध गरेको हो । यो फारम पहिले भरिसकेकाहरुले पुनः नभर्न दुतावासले अनुरोध गरेको छ । विवरण प्रदान गर्न फारमको यो लिङ्कमा क्लिक गर्नुहोस ।

दूतावासका अनुसार मलेसियामा ५५ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । सरकारले अन्तराष्ट्रिय उडान बन्द गरेका कारण समस्यामा परेका नेपालीहरु विभिन्न देशबाट स्वदेश फर्कन पाएका छैनन् । विदेशमा समस्यामा परेकाहरुलाई नेपाल फर्कन अन्तिम तयारी गरेको छ, तर कहिलेबाट नेपाल फर्काउने निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय