वीरगंज २८ जेठ – विश्व व्यापी महामारीका रूपमा फैलिएकाे काेराेनाभाइरसकाे संक्रमण त्रास न्युन राख्न नेपाल सरकारले आव्हान गरेकाे लकडाउनकाे माैका छाेप्दै तस्करी भइरहेकाे गाँजा पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटल सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी तस्करी भइरहेकाे विशेष सुचना आधारमा एम्बुलेन्स चेकजाँच गर्दा करिब ५६ केजी गाँजा बरामद भएकाे हाे ।

पर्साकाे बहुदरमाइ गाउँपालिका वडा नं ५ भाैराटार तर्फ लैइजाँदै गरेको अवस्थामा गाँजा सहित ३ जना लाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे हो ।पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालीका वडा नम्बर ५ भौराटार बस्ने वर्ष ३२ को हरिशंकर महतो, जिल्ला सर्लाही लालबन्दी नगरपालीका वडा नम्बर १५ बस्ने वर्ष २३ को जित बहादुर वाइवा र वर्ष २२ को दिल बहादुर वाईवा रहेका छन ।

लागु औषध गाँजा र ना ४ च ८५९९ नम्बरको एम्बुलेन्ससहित पक्राउ परेका ३ जनालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेकाे भनी बुधबार पत्रकार समेलन गरि जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय