भिस्वा ७ असार । सशस्त्र प्रहरी बलकाे भिस्वा बिअाेपीले छ लाख नेपाली रूपैयाँ बरामद गरेको छ।भारतको सिक्टाबाट नेपाल प्रबेश गरेका एक व्यक्ति सशस्त्र प्रहरी देख्ना साथ झाेला छाेडेर भागेको र छाेडेका उक्त झाेलाबाट छ लाख नेपाली रूपैयाँ बरामद भएको निरीक्षक हरि पराजुलीले जानकारी दिए।उक्त रकम हुण्डीकाे हुन सक्ने उनलेे जानकारी दिए। यस अगाडि सशस्त्र प्रहरी बलकाे बन्जरा स्थित बिअाेपीले २२ लाख ४८ हजार सहित एक व्यक्तिलाई पक्राउ गरेको थियो।बिअाेपीका निरिक्षक हरि पराजुलीले जानकारी दिए अनुसार बहुदरमाई नगरपालिका ५ भमराटार घर भएका प्रकाश साहबाट साे रकम वरामद गरेको थियो । साहले चढेको ना ४३ प २८०२ नम्बरको माेटरसाईकल चेकजाँच गर्दा माेटर साईकलकाे ट्याङ्की मुनि लुकाएको अवस्थामा साे रकम वरामद भएको पराजुलीले बताए ।सशस्त्रले बरामद गरेको रकम सहित साहलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि बुझाएको पनि पराजुलीले बताए ।साे रकम हुण्डीकाे हुन सक्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय