प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ।

केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या ७२ पुगेको हो।

संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको उनले जानकारी दिए।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो। संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन्।

संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए।

‘चिकित्सकहरूले कन्ट्याक्ट ट्रेसिङ गरिरहनुभएको छ। हिजो बिहान ४४ जनामा देखियो फेरि बेलुकी ५४ पुग्यो आज फेरि बढ्यो,’ उनले भने,’ त्यही कन्ट्याक्ट ट्रेसिङमार्फत् १५-२० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय