स्वास्थ्यकर्मीको शव फेला , हत्याको आशंका - Hamro Janakpur

डडेल्धुरा :-  परशुराम नगरपालिका-८ जमिरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मिता धामीको विभत्स अवस्थामा शव फेला परेको छ।

आधारभुत स्वास्थ्य केन्द्र जमिरानीबाट बुधबार स्वास्थ्य सामग्री बोकेर फिर्ता गराउन परशुराम नगरपालिकाको केन्द्र जोगबुडा आएकी २६ बर्षीया धामीको शनिबार परशुराम नगरपालिका-९ स्थित हट्वानी सामुदायिक वनमा शव भेटिएको हो।

कोरोना महामारी बिरुद्धको खोप लगायतका स्वास्थ्य सामग्री बोकेर जोगबुडा आएकी उनी सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई निवेदन दिएका थिए।

घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीयले उनको हत्या गरिएको आशंका गरेका छन् । तर, प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने जनाएको छ।

इलाका प्रहरी कार्यालय जोगबुडाले घटनास्थलबाट शव जोगबुडा अस्पताल लगिएको र पोष्टमार्टम भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्ष चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा साे कार्यक्रमको आयोजना गरेको थियोे..

×