सवारी दुर्घटनाका घाइतेबाट प्रहरीले २ राउण्ड गोली कटुवा पेस्तोल बरामद - Hamro Janakpur

सिरहा । सिरहाको गोलबजारमा भएको सवारी दुर्घटना भएका घाइतेको साथबाट प्रहरीले २ राउण्ड गोली र दुर्घटना स्थलबाट पेस्तोल बरामद गरेको छ ।

आईतबार राति साढे ८ बजे गोलबजार नगरपालिका-७ पुरानो चोहर्वास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनाका घाइतेबाट प्रहरीले गोली बरामद गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ४३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश-२-०१ ००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-४ का मुकेश दास घाइते भएका थिए । घाइते दासको साथमा २ राउन्ड गोली र घटनास्थलमा कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।

पेस्तोल र गोली बरामद भएपछि प्रहरीको निगरानीमा दासको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।