कटहरिया नगरपालिकाको सम्पूर्ण हाट बजार आज देखि पूर्ण रुपमा बन्द - Hamro Janakpur

रबिन्द्र प्रजापति/रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको सम्पूर्ण हाट बजारहरु आज देखि पूर्ण रुपमा बन्द गर्ने भएका छन् ।
कोभिड १९ को संक्रमण बढ्दै गरेकोले उक्त नगरपालिकाको कटहरिया बजार, छेदीचौक, बगही, जमुनिया लगायतका स्थानमा नियमित रुपमा बजार लाग्ने गरेका थिए ।

सो हाट बजारहरु बैशाख १७ गतेबाट अर्को सुचना जारी नहुन्जेल सम्मका लागी बन्द भएको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा जानकारी दिए।
कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गरेकोले भ्याव स्थिती आउन सक्ने भन्दै हालका लागी हाट बजार मात्र बन्द गराइएको नगर प्रमुख कुशवाहाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।