कटहरिया नगरपालिकाका हाकिम रामप्रकाश साहको लपरवाहिको कारण प्रधानमन्त्री रोजगार कार्यक्रमको ६७ लाख फ्रिज - Hamro Janakpur

दिपेस कुमार साह,रौतहट । रौतहट जिल्लामा एक जना हाकिमको चरम लापरबाहीका कारण बेरोजगारहरू समस्यामा परेका छन् ।जिल्लाको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह कमिसनको चक्करमा परेका कारण विभिन्न शिर्षकको लाखौं रुपैया फ्रिज भएको छ

आर्थिक बर्षको अन्तमा अधिकृत साहले बढी कमिसन पाउने शिर्षकको रकम निकासा गराउनमा ब्यस्त भएकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको ६७ लाख रुपैया फ्रिज भएको हो

अषाढ मसान्तको अन्तिम दिनसम्म उक्त शिर्षकको रकम निकासा हुन नसकेर फ्रिज भएको कारण कटहरिया नगरका सबै

जनप्रतिनिधि समस्यामा परेको प्रवक्ता कुश्वाहाले गुनासो गरेका छन उक्त कार्यक्रम अन्तर्गत कटहरियाको प्रायः सबै वडाहरुमा लाखौंको लगानीमा काम भैरहेको अवस्थामा शिर्षकको पुरै रकम फ्रिज हुनु दुर्भाग्य रहेको नगर प्रवक्ता चन्दन कुश्वाहाले बताएका छन ।

अन्य शिर्षकको नाउँमा बिल भाउचर बनाउनमै समय फालेका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहकै लापरबाहीको कारण प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने सैयौं मजदुर ठुलो कठिनाइमा परेको जनप्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका छन ।

यस विषयमा हाकिम साह सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..