प्रदेश २ लोसपा संसदीय दलको बैठक सुरु - Hamro Janakpur

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठक बसेको छ । जनकपुरस्थित प्रदेशसभामा रहेको दलको कार्यालयमा बैठक बसेको हो ।

भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गर्न लोसपा दलको बैठकमा छलफल भइरहेको बुझिएको छ । एक साँसदले भने, ‘असोज २० गते राखिएको प्रदेशसभा बैठक अवरद्ध गर्ने र मुख्यमन्त्रीको राजीनामा माग्ने विषयमा बैठकमा छलफल चलिरहेको छ ।’

साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा मारेको थियो । अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर छापामारीको सत्तारुढ जसपा आन्दोलित बनेको छ ।

असोज २० गते बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने बताइएको छ । तर उक्त बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री राउतको राजीनामा माग्ने लोसपाले तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×