नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण - Hamro Janakpur

हाम्रो जनकपुर डेक्स  । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले शुक्रबार पदभार ग्रहण गरेका छन्।

पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए।

उक्त स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

कर्णालीवासी र यहाँको सम्पूर्ण विकासको सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँको साथ सहयोग रहनेछ’, उनले भने, ‘यहाँहरूबीच आएका काम गर्ने अवसर पाउँदा मलाइ खुशी र गौरव लागेको छ।’ इतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उनको भनाइ थियो।

नेपाल सरकारको यही कात्तिक २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्।

नवनियुक्त तीनवटै प्रदेशका प्रमुखले कात्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×