सप्तरीको ऐतिहासिक प्राचीन कनकपट्टी दरबार अस्तित्व विहीन बन्दै - Hamro Janakpur

हाम्रो जनकपुर डेक्स,सप्तरी । राज्यको उदासिनता र पुरातत्व विभागको लापारवाहीका कारण सप्तरीको ऐतिहासिक प्राचीन कनकपट्टी दरबार अस्तित्व विहीन बन्दै गएको छ ।

सप्तरीको साविक खोक्सर प्रवाहा गाविस ६ हाल शम्भुनाथ नगरपालिका १ कनकपट्टीस्थित प्राचीन कनकपट्टी दरबार सप्तरी सदरमुकाम राजबिराजदेखि करिब १६ किलोमिटर उत्तर चुरे जंगलमा रहेको छ ।

उक्त दरबारको अवशेष बिक्रम सम्वत २०५४ सालमा स्थानीय खोलामा आएको बाढीले कटान गरेपछि देखिएको थियो । करिब तीन–चार बिगहाको क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रको पर्खालमा कलात्मक बुट्टाहरु कुदिएको अहिले पनि देख्न सकिन्छ ।

दरबारको बिषयमा बास्तविकता बुझ्न बिस. २०६१ सालमा पुरातत्व बिभागबाट टोली समेत आएको थियो । उत्खनन्का क्रममा कलात्मक झ्याल ढोका सहितको कोठा तथा बुद्धका मूर्तिहरु समेत फेला परेको सप्तरीका इतिहासबिद् प्राध्यापक हरिकान्तलाल दास बताउनुहुन्छ ।

उक्त मूर्तिहरु समेत टोलीले लगेको ७ वर्ष भईसक्दा पनि फर्केर नआएको र संरक्षणका लागि समेत कुनै पहल नभएको इतिहासविद् प्राध्यापक दासको गुनासो छ । पर्यटन वर्षमा यस क्षेत्रको संरक्षणका लागि आफुहरु आशावादी रहेको बताउँदै दासले भन्नुभयो, ‘काठमाण्डौको टोली आएर उत्खनन् गरेपछि खुशी लागेको थियो, तर ६–७ वर्षभन्दा बढी भइसक्यो, कोही फर्केर आएनन् ।

नेपाल सरकारले वर्ष २०२१ लाई पर्यटन वर्षको रुपमा मनाउँदैछन् । तर, यो क्षेत्रलाई पर्यटन वर्षले पनि छुन नसक्नु एकदमै दुःखद कुरा भएको त्यहाँका बासिन्दाहरुको भनाई छ ।

पक्की इँटा तथा पत्थरको प्रयोग भएको ऐतिहासिक दरबारको गर्भगृह छेउ–छाउबाट माटो तथा पत्थरका भाँडा वर्तन तथा गहनाहरु भेट्टिने गरेको स्थानीय बतहु चौधरी बताउनुहुन्छ ।

दरबारको संरक्षणका लागि राज्यको तर्फबाट हालसम्म कुनै पहल नभएका कारण प्राचीन एवम् कलात्मक सामग्री तथा इँटाहरु चोरी हुने सम्भावना बढ्दै गएको चौधरीको भनाई छ ।

ऐतिहासिक दरबार स्थल क्षेत्र हाल खुल्ला रहेका कारण कलात्मक बस्तु तथा इँटाहरु समेत चोरी हुन सक्ने अवस्था रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पस राजबिराजका इतिहास तथा संस्कृति बिभाग प्रमुख डा. पीताम्बरलाल यादवको सुझाव छ ।

‘यदि यस्तै अवस्था रह्यो भने यस क्षेत्रको अस्तित्व त्यसै समाप्त भएर जानेछन्’, उहाँ भन्नुहुन्छ, ‘पुरातत्व बिभागबाट टोली दरबार उत्खनन् गर्न सप्तरी आउँदा म पनि पुगेको थिएँ । दाह्री भएको बुद्धको दुर्लभ मूर्ति भेट्टिएको थियो, केही महिनापछि फेरी आउने टोलीको प्रतिवद्धता कुरामै सिमित रह्यो ।’
उक्त क्षेत्र सेनकालीन दरबारको अवशेष भएको दावी गर्दै चौधौं शताब्दीतिर सेनवंशी राजा चन्द्रसेनले ग्रीष्मकालमा बस्नका लागि दरबार बनाएको हुन सक्ने डा. यादवको तर्क छ ।

राष्ट्रको सम्पत्तिको रुपमा रहेको यस्ता दरबारको संरक्षणका लागि सम्बन्धित निकायको तत्कालै ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×