सिरहाको भगवानपुर गाउँपालिकाद्वारा वर्गिकरण किसानलाई परिचय पत्र वितरण - Hamro Janakpur

महेश सिंह सिरहा लहान, मँसिर १८। सिरहाको भगवानपुर गाउँपालिकाले कृषकहरुको समान रुपमा सेवा सुविधामा पहुँचको लागि वर्गिकरण सहित किसान परिचय पत्रको शुरुवात गरेको छ ।

ठूला,मध्यम,साना महिला किसान,मजदुर भुमिहिन कृषकहरुको लागि नेपालको सरकारको सेवा सुविधामा न्योचित ढँगले चाहिएको सुविधा पाउनको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालको संगको साझेदारीमा नमूना कामको नयाँ तरिकाले शुरुवात गरेको छ ।

यो कार्ड जसको सवाल उसको नेतृत्वको एक आधारशिला हो । कार्डमा उल्लेखित सेवा प्राप्त गर्न किसानको अधिकार हो । त्यसैले अव किसानहरु बिचलित नभई कार्डमा लेखिएका सेवा सुबिधा उपयोग गर्न सक्रिय हुदै अगाडी बढौँ ।
वडा अध्यक्ष बद्रि नारायण यादवः यो काम नमुना काम हो । यसले किसानहरुमा कार्य गर्न सकृयता ल्याउँछ ।

गाउँपालिकाबाट वितरण गरिने समाग्रीहरु समान रुपमा वितरणको लागि सुधार गर्नु पर्ने देखिएको छ । म आफनो वडाबाट पुर्ण सहयोग गर्ने पर्तिबद्ध छु ।प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवः ८० प्रतिशत किसानहरुलाई गरिबी न्यूनीकरण गर्न यो काम गर्न थालेको हो ।

सखुवानन्कारकट्टी गाउँपालिकामा संचालन गरिसकेको छ । विस्तारै अरु स्थानीय तहले पनि गर्ला । यो घरधुरीको तथ्याँक गाउँपालिकाले प्रयोगमा ल्याउने हो । अवश्यता परे अरु संस्थाहरुले पनि प्रयोग गर्न सक्छ ।अध्यक्ष बेचन प्रसाद यादवः हामीले महासंघ तथा लि–वर्डसंग मिलेर २०७०÷२०७१ साल देखी नै कृषक समूहको संस्थागत काम गर्दै आएको छौ ।

भुमिहिन,शुकुमवाशी,दलित,सिमान्त र साना महिला किसानहरु लागि आर्थिक तथा समाजिक परिवर्तन गर्न उदेश्यले करार खेती संचालन, सिमन्ट पोखरी,गोठुधार,झोलमोल,कम्पोष्ट मल प्रयोग,साना सिचाई,हाँस पालन,जलवायु परिवर्तनका कामहरु गरेका छौँ । खाद्य अधिकार,खाद्य सुरक्षा र खाद्य सम्प्रभुता किसानको नैसर्गिक अधिकार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×