धनगढी । मोहना नदीबाट तिन दिनपछि भेटायाे प्रहरी जवान साउदको शव ।

झण्डै ६० घण्टापछि फेला परेको प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीबाट निकालिएको छ ।

मंगलबार विहान मोहना नदीमा फेला परेको उनको शव प्रहरीले निकालेको हो । उनको शव पोष्ट मार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । उनी पनि अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवान हुन् ।

अस्थायी प्रहरी पोष्ट इन्चार्ज एंव प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा जवान साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए ।

उनका अनुसार शवको अधिकांश भाग कुहिएको अवस्थामा फेला परेको हो । उनको टाउकोको पूरै भाग फुटाइएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय