सिरहा, कार्तिक १९ गते । सिरहा जिल्लाकाे सिरहा नगरपालिका २० लगडी गदियानीमा दुर्गा मन्दिरको शिल्यनाश गरिएको छ ।

सिरहा नगरपालिकाका प्रमुख अशेश्वर प्रसाद यादवले दुर्गा मन्दिर निर्माण गर्न वुधवार शिल्यनाश गरेको हो । सिरहा नगर विकास योजनाबाट लगडी गदियानीमा ११ लाखको लागतमा दुर्गा मन्दिर निर्माण कार्य सुरु गरिएको हो ।

मन्दिर शिल्यनाश गर्दै नगरपालिका प्रमुख यादवले निर्माण पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग गरिने बताए ।

दुर्गा मन्दिर शिल्यनाश कार्यक्रममा जनता समाजावादी पार्टीका नेता मनोरञ्जन गोईत, वडा अध्यक्ष रामचन्द्र यादव, पूर्व गाविस अध्यक्ष रामबृक्ष यादव, कार्यपालिका सदस्य हिन्दकेश्वर प्रसाद लाल कर्ण लगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय