काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ९१ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ७ सय ९१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरूको संख्या १७ हजार ८ सय ६९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २७ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ४३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ८१ हजार २ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।