
वीरगंज, १७ मंसिर ।
वीरगंजका एकजनाले दाइजो मुक्त विवाह गरेका छन् । विवाह गर्नेमा बारा जिल्ला आदर्श कोतवाल गाउंपालिका वडा नं. ५ टोल रुपौलिया स्थायी घर भइ हाल पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ नगवा पोखरा बस्ने श्री सहदेव महतोको छोरा वर्ष २७ बिरेश कुमार चौहानले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १० घडिअर्वा बस्ने श्री जोगिन्द्र महतोको छोरी वर्ष २२ की किरण कुमारीसंग गरेका हुन् ।
दुवै परिवारबीच अपसी सहमति र राजी खुशीका साथ मंगलबार वीरगंजस्थित वर्णवाल धर्मशालामा विवाह सम्पन्न गरेका हुन । अहिलेको समयमा दाइजोप्रथा झन फस्टाउन लागेको देखेर सोको न्युनिकरण गर्ने सोचले उनीहरुले बिना दाइजो विवाह गरेका हुन ।
दाइजो मुक्त आदर्श विवाहमा दाइजो एवम समाजिक कुरिती विरुद्ध जागरण मंचका संरक्षक सुरेन्द्र कुर्मीले वरवधुलाइ सुखमय दाम्पत्य जिवनको कामना गर्दै केटापक्षका अभिभावकलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए भने मंचका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले पनि वरवधुलाइ सुखमय दाम्पत्य जिवनको कामना गर्दै केटीपक्षका अभिभावकलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
दाइजो मुक्त आदर्श विवाहमा दाइजो एवम समाजिक कुरिती विरुद्ध जागरण मंचका सदस्य कन्हैया पटेल, केटा/केटीका परिवारजन लगायत विभिन्न संघ संस्थाका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।मधेशी युवा एकता समाज सेवा संंस्थाले धेेरै धेेरै शुभकामना व्यक्त गरेेेको छ।