जनकपुरधाम । मैथिली संगीतमा सृजनात्मकता, मौलिकता र गुणस्तरियता पूर्ण नयाँ मैथिली प्रेम गीति भिडियो ‘नैना नुकाकऽ’ सार्वजनिक भएको छ ।

OSR Digital यु – ट्यूब चैनल मार्फत उक्त गीत आईतवार साँझ ३:०० बजे सार्वजनिक भएको हो । समाचार बनाउँने क्रमको डाटा अनुसार दूई दिनमा २५,००० + चोटी यो भिडियो यूट्यूबमा हेरिएको छ।

नेपाली भाषा संगीतमा ‘बैक टू बैक’ नयाँ गीत पस्केर चर्चा बटुली रहेको गायक सिरहा निवासी नितिन गजुरेल र मैथिली भाषाको संगीत-आकाशमा छाएकी गायिका सप्तरी निवासी ज्योती विश्वकर्माको स्वरमा रहेको उक्त गीत मैथिली सङ्गीत-महल निर्माणका लागि एउटा भरयाङ्ग थप्ने कार्य गरेको छ । मैथिली भाषा-संगीतको चर्चित युवा गीतकार हाल पूर्वाञ्चल कैम्पस, धरानमा ईन्जिनियरिङ्ग गरिरहेको आइ लभ मिथिला डॅट कमको सम्पादक समेत रहेको विद्यानन्द वेदर्दीको शब्द रहेको उक्त म्युजिक भिडियोमा नेपालकै ख्यातीप्राप्त अभिनेत्री ‘गलबन्दी च्यातियो’ भन्ने गीतबाट सर्वाधिक चर्चामा आएकी अभिनेत्री तथा मोडेल अञ्जली अधिकारी र मैथिली सिने जगतको चर्चित युवा फेस मोडेल अशोक आर्यन यादवको शान्दार अभिनय रहेको छ। उक्त गीतको सङ्गीत कम्पोज नितिन गजुरेल र सङ्गीत संयोजन राजीव साहले गरेका छन् ।

प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको छ । बुद्ध थापाले छायाङ्कन गरेको उक्त गीतको ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन विष्णु खड्गाले गरेका छन् । उक्त गीति भिडियोको प्रस्तुति विद्यानन्द वेदर्दीको रहेको छ बने पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरले गरेको हो।

राष्ट्रिय स्तरमा ‘मैथिली’ भाषाको लोकप्रियता संगीत मार्फत बढाई रहने गायक एवं संगीतकार नितिन गजुरेल भन्छन् , ” यो मेरो दोस्रो सौगात हो मैथिली भाषामा। मैथिली भाषा-संगीतमा एउट शुरूवात मात्रको। निरन्तर मेरो साङ्गीतिक पाईलाहरू लम्कि रहनेछन्। यो गीतमा ‘किछु अहाँ जे कोकिलसन बजलौँ तँ गीत भ’ गेलै शब्द..’ जुन हरफ छ त्यो गाउँदा मलाई यो feel भई रहेको छ कि मैथिली भाषाको स्वाद पनि कोकल (कोयली) को गीत जस्तै छ। यसलाई जति गायो त्यती मिठास बढ्छ आफ्नो पनि र आफ्नो माटोको पनि।”, भन्दै कोरोनाकालको कस्टगर समयमा निर्माण गरिएको गीत सुनेर, भिडियो हेरेर संगीतप्रेमीहरूमा व्यक्तिगत प्रतिक्रिया दिने अपिल पनि गरेका छन्।

गुणस्तरियता समेतलाई ध्यानमा राख्दै सम्पूर्ण प्रेमिल मन भएका श्रोताहरूलाई लक्षित गरेर मैथिली भिडियोको मुहार फेर्न सभ्य, सु-सज्जित सिनहरू राखेर पारिवारिक माहोलमा सुच्चा स्नेहको संचार हुन सक्ने उद्देश्यले यो भिडियोलाई तैयार गरिएको गीतकार विद्यानन्द वेदर्दीले जानकारी दिए । उनका अनुसार ‘नैना नुकाकऽ’ मैथिली क्षेत्रमा बढ्दै गएको अश्लीलता हटाउन चाहने निरन्तर प्रयासमा लागेका सामाजिक अभियानमा चिन्तनशील विचारधाराका श्रोताहरूलाई औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ । नेपाली भाषा गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका र मैथिली जगतमा पहिचान बनाई रहेका कलाकारहरूको सहभागिता रहेको यो मैथिली गीत मैथिली संगीतको बाटोमा टेवा पुर्याउने दृढ विश्वास निर्माण टिमको रहेको छ।

गायक गजुरेल र गीतकार वेदर्दी पछिल्लो पटक ‘दिलके डायरी’ मैथिली म्यूजिक भिडियो चर्चामा आएको थियो।

भिडियो

https://youtu.be/aymCKT0uz5Q

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय