जनकपुर: कोरोना विशेष प्रादेशिक अस्पतालमा खटेका कर्मचारी तलब नदिएपछि आजदेखि  धर्नामा - हाम्रो जनकपुर

जनकपुरधाम । प्रदेश २ को स्थाय राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको कोरोना (COVID 19) विशेष अस्पतालमा खटेका करार सेवाका कर्मचारीहरुले तलब नपाएपछि धर्ना दिएका छन् ।

तलबभत्ताको माग गर्दै आइतबार प्रादेशिक अस्पताल परिसरमा कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित १०२ जना करार सेवाका कर्मचारीहरु धर्ना बसेका हुन् ।

संक्रमितको उपचारमा जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म तलबभत्ता नदिएको भन्दै प्रादेशिक अस्पताल परिसरमा धर्ना दिएको कर्मचारी बताउँछन् ।

अस्पतालको सेवा प्रभावित नहुने गरी विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै आफूहरुले बाध्यताबस धर्ना दिएको आन्दोलनरत एक कर्मचारीले बताए ।

तलबभत्ता भुक्तानी नै नगरि आफूहरुलाई पुस ५ गतेदेखि अस्पताल प्रशासनले काममा आउन रोक लगाएको र बक्यौता रकम माग्दा कुनै सुनुवाइ नगरिएकोले धर्नामा बसेको बताइएको छ ।

हालसम्म अस्पतालको सेवामा असर नपर्नेगरि आन्दोलन जारी राखिएको र आगामी दिनमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा कर्मचारीहरुबीच छलफल जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय