जनकपुरधाम । जनकपुरमा पत्नीको सम्पूर्ण कमाइ कुम्ल्याएर पती फरार भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–११ लक्ष्मणअखाडाकी २३ वर्षीया आरती सिंहको सबै गरगहना र नगद लिएर पति रिंकल सिंह फरार भएका हुन् । आफूले कमाएको लाखौं रुपैयाँ र गरगहनाहरु लिएर पति बेपत्ता भएको उनले बताईन् ।

जनकपुरधाम उपमहानगरपालिका–११ लक्ष्मणअखाडा माइतीघर भएकी आरती र रिंकलबीच विसं २०७४ मा जानकी मन्दिरमा विवाह भएको थियो । विवाह भएको करिव एक महिनासम्म आरती आफ्नो माइतीमै दुबैजना राम्ररी बसे ।

आरतीले भनिन्,‘घर परिवारका सबैजनाको सहमतिमै हाम्रो बिबाह भयो । बिबाह पश्चात उनलाई हामीले आफुहरुसँगै राख्यौं । तर एक महिना नबित्दै उनको चाला परिवर्तन भयो । रातीराती मदिरा सेवन गरेर मलाई कुट्न थाले । उनको यातना सहेर पनि मैले उनलाई आफ्नो चाला परिवर्तन गर्न पटक पटक आग्रह गरें,उनले भनिन्,‘तर उनको चाला परिवर्तन भएन् । ३ वर्षसम्म त्यस्तै रह्यो ।

एकदिन अचानक आएर कुटपिट गरि सबै पैसा लगेपछि मलाई अहिले शरणार्थी बन्नुपरेको छ ।’ आफूले सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएपछि सम्भव नभएको उनको भनाई छ ।
सँगै बसेका श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको आरतीले बताइन् । उनले भनिन्,‘संयोग ठिक थियो की मैले अहिलेसम्म कुनै सन्तानको जन्माईन,नभए सन्तानलाई समेत उसले मारिसकेको हुन्थ्यो ।’

आरतीका पती रिंकलको स्थायी घर भारतको उत्तरप्रदेशस्थित गेदुलीमा छ । बिबाह अघि पनि उनी जनकपुरमै बस्दै आईरहेका थिए । आरतीको सबै गरगहना र नगद लिएर उनको पती फरार भएपछि अहिले जनकपुरमै आफन्त कहाँ बसेर जेनतेन गुजारा चलाउँदै आइरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय