जनकपुरधाम । प्रदेश नम्बर २ का अस्थायी राजधानी जनकपुरबाट दुई वटा पेस्तोल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरको पुल चौक नजिक रहेको ५२ बिघाबाट सोहनी निवासी वर्ष २५ का बिबेक यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको सूचना संक्लन शाखाका ईन्चार्ज रामरेख यादव, सन्तोष झा, मनोज महतो तथा सुरेन्द्र रामको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेका हुन । हतियार सहित पक्राउ परेका यादवलाई थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय