• उर्मिला यादव

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज भारतबाट अवैध रुपमा ल्याउदै तथा नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी २ लाख ३ हजार २ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको जनाएको छ ।

आज सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ८१ हजार ६ सय मुल्य बराबरको भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको थान कपडा (सुट) ३६ मिटर, थान कपडा १९६ मिटर, साडी ३० पिस, लेडिज सल १९ पिस, डोराउदै २ वटा राँगो सरावल गाउँपालिका वडा नम्बर ७ झरहीखोला बाट बरामद गरेको हो ।यस्तै गरी नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २१ हजार ६ सय मुल्य बराबरको किसमिस मदिरा १८ कार्टुन सोही स्थानबाट बरामद गरेको जनाएकको छ ।

उक्त कपडा,मदिरा मोटरसाईकलमा राखि ल्यादै लैजादै गरेको र राँगो मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको समेत प्रहरीले जनाएको छ ।

बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय