जनकपुर:आफ्नै कोठामा सुताउने बालिकालाई जवरजस्ती करणी गराउने महिला र युवक पक्राउ - हाम्रो जनकपुर

जनकपुरधाम । धनुषामा एक महिलाले आफ्नो कोठामा बोलाई पैसा लिएर जवरजस्ती करणी गराउने महिला र एक युवक पक्राउ परेका छन् ।

धनुषा जिल्लाको लक्षमिनीयाँ गाउँपालिका स्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरमालिकका १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवबाट आफ्नै कोठामा बोलाई पटक पटक जवरजस्ती करणी गराएको र सोही क्रममा बालिका गर्भवति भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

प्रहरीलाई दिएको बयान अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिना देखि कार्तिक महिनासम्म यादवसँग पैसा लिएर जवरजस्ती करणी गराएका थिए र सोही क्रममा बालिका गर्भवति भएकी छिन् ।

आज शुक्रवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा दुवैजनालाई सार्वजनिक गरिएको छ ।

बालिका गर्भवति भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए ।

दुबैजनालाई विहिबार लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट लिइएको प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्र उपरीक्षकले बताए ।

गर्भवति भएकी बालिकाको गर्भ पत्तन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय